इलाममा खड्का र बझाङमा सिंहलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडाैं | चैत २२, २०८०

इलाममा खड्का र बझाङमा सिंहलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं:      नेपाली कांग्रेसले उप–निर्वाचनकालागि उम्मेदवार टुंग्याएको छ ।


सभापति शेरबहादुर देउवा निवास बुढानलीकण्ठमा बसेको संसदीय बोर्ड बैठकले इलाम–२ र बझाङ प्रदेशसभा १ कालागि उम्मेदवार टुंग्याएको हो ।


इलाममा यसअघि कै उम्मेदवार डम्बर खड्का र बझाङ प्रदेशसभा १ अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी उप(सभापति धनराज गुरुङले जानकारी दिनुभयो ।  ।


यसअघि हिजो बसेको संसदीय बोर्डको बैठकमा सभापति देउवाले इलाम २ मा खड्का र बझाङ प्रदेशसभा १ मा सिंहको नाम प्रस्ताव गर्नुभएको थियो । संसदीय बोर्डको निर्णयलाई आजै बस्ने कार्यसम्पादन समितिले अनुमोदन गर्नेछ ।


वैशाख १५ मा हुने उप(निर्वाचनका लागि यही चैत २४ गते मनोनयन दर्ताको कार्यक्रम छ।

काठमाडौं:     मुख्य प्रतिपक्षी  नेपाली कांग्रेसले अडान नछाडेपछि प्रतिनिधि सभाको बैठक अपरान्ह ४ बजेसम्मलाई धकेलिएको छ । सभामुख देवराज घिमिरेले कांग्रेससँग गरिरहेको सहमतिको प्रयास असफ...

थप पढ्नुहोस्

पोखरा:     तमु धिं नेपाल जेठ ५ गते स्थापनाको ४० औं वर्ष प्रवेशको अवसरमा विविध कार्यक्रम गरी मनाउने भएको छ। पोखरा ९ नयाँबजारमा केन्द्रिय कार्यालयको तमु धिं नेपालले सरसफाई, रक्तदान कार्यक्रम, शुभ...

थप पढ्नुहोस्

डोटी:     जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ। प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एक जना नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको...

थप पढ्नुहोस्