कैलालीको लम्कीमा भारतीय एम्बुलेन्स दुर्घटना हुँदा किशोरीको मृत्यु

कैलाली | जेठ १, २०८१

कैलालीको लम्कीमा भारतीय एम्बुलेन्स दुर्घटना हुँदा किशोरीको मृत्यु

टीकापुर:   कैलालीको लम्कीमा भारतीय एम्बुलेन्स दुर्घटना हुदाँ किशोरीको मृत्यु भएको छ । 

 

मृत्यु हुनेमा बर्दियाको राजापुर नगरपालिका–९ की १८ वर्षीया अञ्जली परियार रहेकी छिन् ।

 

लम्की चुहा नगरपालिकाको धोबेनी खोला नजिक भारतको नैनितालका ५० वर्षीय प्यारेलालले चलाएको यूके ०४ पिए १९०५ नम्बरको भारतीय एम्बुलेन्स आज बिहान दुर्घटना भएको थियो ।

 

भारतको हल्द्वानीबाट उपचार गरी बर्दिया फकिएको एम्बुलेन्समा चालकसहित ६ जना सवार थिए । दुर्घटनामा परि अञ्जलीको मृत्यु भएपनि अन्य ५  जना सकुसल रहेको बताइएको छ ।

 

हाल एम्बुलेन्स  चालक प्यारेलाललाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
 

पोर्चुगल:  वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । तनहुँ, भानु नगरपालिका–९ पिपलपानी घर भई विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका ३४ वर्षीय जितेन्द्र पाण्डे ब...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ । केन्द्रीय बैङ्कले क, ख र ग वर्गका बैङ्क तथा वि...

थप पढ्नुहोस्

काठमाडौं:  जिल्ला प्रशासन कार्यालय काठमाडौँले विभिन्न स्थानमा आगामी दुई महिनासम्म भेला प्रदर्शन, धर्ना र जुलुसजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको छ ।  प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा ...

थप पढ्नुहोस्