हेमजामा आलु महोत्सव सुरु

पाेखरा | चैत २६, २०८०

हेमजामा आलु महोत्सव सुरु

पोखरा:     १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ महोत्सव सुरु गरिएको हो ।त्यस अवसरमा क्लवको बहुउद्देश्यीय सामुदायिक भवन पनि शिलान्यास गरिएको छ ।


महोत्सव शुभारम्भ गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले स्थानीय सरकार किसानको हकहितको पक्षमा रहेको बताए ।उनले आलु महोत्सवलाई कृषि महोत्सवको संज्ञा दिदै महोत्सवले किसानलाई हौसला बढाउने कार्य गरेको स्पष्ट पनि पारे ।


प्रमुख आचार्यले महोत्सवले कृषिका धेरै क्षेत्र समेटेको उल्लेख गर्दै हेमजाको सिचाई व्यवस्थापनका लागि महानगरले संघ सरकारको समपुरक योजनामा चौरासी नहर पुर्ननिर्माणलाई जोडेर पठाएको उल्लेख  गरे ।साँझा चोकदेखि बुद्ध चोकसम्मको बाटो पनि बुहुवर्षेमा परेको छ, अगामी वर्ष करिव २८ अर्वका योजनाहरु महानगरमा लागु हुँदैछन्, सुईखेत डुवान नियन्त्रणको कार्य पनि अगाडि बढेकै छ उनले भने ।


महानगर प्रवक्ता समेत रहेको पोखरा २५ हेमजाका वडाध्यक्ष मोतिलाल तिम्सिनाले आलु महोत्सवका संस्थापक प्रति आभार प्रकट गर्दै आलुले हेमजाको पहिचान दिएको स्पष्ट पारे ।उनले बहुउद्देश्यीय भवन निर्माणको खुशीयाली साट्दै हेमजाको विकासमा महानगर प्रयासरत रहेको औँल्याए ।


पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाँले आलु स्वास्थ्यका लागि महत्वपूर्ण भएको स्पष्ट पार्दै हेमजाको आलुलाई उपभोक्ताले मन पराएको धारणा राखे ।आलुका परिकारलाई मुल्य शृङखलामा जोड्न सके किसानको आर्थिक अवस्था सुधारिने जनाउँदै प्रमुख कडरियाँले किसानलाई हरेक क्षेत्रमा प्राथमिकता दिनुपर्ने स्पष्ट पारे ।


त्यस अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सीना पंगेनी, आलु महोत्सवका संस्थापक धर्मराज बास्तोला, कलाकार जीवन दाहाल, मूल आयोजक समितिका अध्यक्ष सुविन श्रेष्ठ, महासचिव वसन्तकुमार श्रेष्ठ लगायतले पनि धारणा राखे ।


महोत्सव सुरु हुनु पूर्व स्थानीय माईस्थानबाट बाजागाजा सहित शोभा यात्रा एवम् झाँकी ¥याली निकालिएकोमा उक्त ¥याली  मिलनचोक, साँझाचोक हुँदै महोत्सव स्थल विष्णुपादुका खेल मैदान पुग्यो । भाँकी ¥यालीमा सयौं हेमजावासीको उल्लेख्य सहभागिता रहयो ।


महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायत रहेका छन् । 


महोत्सवमा प्रतिकिलो ४० रुपैयाँमा आलुको कारोवार भइरहेको छ भने करिव ८० टन आलु बिक्रीवितरण हुने आयोजकको अपेक्षा छ ।महोत्सवमा प्रवेशका लागि साधारण ८० तथा विद्यार्थीलाई ५० रुपैयाँमा टिकटको व्यवस्थापन गरिएको छ ।


हेमजामा करिव ५ सय हेक्टर क्षेत्रफलमा आलु खेती हुँदै आएकोमा करिव १५ करोडको आलु बिक्रीवितरण हुने गरेको महानगरपालिका कृषि महाशाखाले जनाएको छ ।महोत्सव यही वैशाख ५ गतेसम्म चल्नेछ ।

 

लेखनाथ:    महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ ।   शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...

थप पढ्नुहोस्

पोखरा:   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...

थप पढ्नुहोस्

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

थप पढ्नुहोस्