फोर्टी फाइभ प्लस भेट्रानको सेमिफाइनल समिकरण पूरा

पाेखरा | चैत २७, २०८०

फोर्टी फाइभ प्लस भेट्रानको सेमिफाइनल समिकरण पूरा

पोखरा:     पोखरा रंगशालामा अमरसिंह ब्वाइज क्लबको आयोजनामा जारी राष्ट्रिय एट ए साईड फोर्टी फाइभ प्लस भेट्रान प्रतियोगितामा ढोलाहिटी, हेटौडा, चितवन र एबिसी भेट्रान सेमीफाइनलको यात्रा तय गरेका छन ।


मंगलबार सम्पन्न पहिलो खेलमा ढोलाहिटी फ्रीडमले लेकसाइड भेट्रान्सलाई २—१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा ढोलाहिटीको तर्फबाट राजकुमार केसी र तेज बहादुर झलारीले १÷१ गोल गरेका थिएभने लेकसाइड भेट्रान्सका शिव बहादुर भट्टराइले शान्तवना गोल गरेका थिए ।


दोश्रो खेलमा हेटौडा भेट्रान्सले संगम भेट्रान्सलाई ३—० गोल अन्तरले पराजित गर्न सफल भयो । उक्त खेलमा हेटौडाका जगतमान लामा, बिजय श्रेष्ठ र प्रदिप लामाले गोल गरेका थिए ।


मंगलवार सम्पन्न अन्तिम खेलमा चितवन भेट्रान र एक्स वारिअर बिच निर्धारित समयमा कुनैपनि गोल हुन नसकेपछि टाइब्रेकरमा ३—२ गोल गर्दै चितवन भेट्रान्स अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो ।


खेलमा चितवन भेट्रान्सका गोलरक्षक छुन्नुराम चौधरी म्यान अफ द म्याच घोषित भए । चौधरीले एक्स वारिअरका तिल कुमार गुरुङले प्रहार गरेको बल रोक्न सफल भएका थिए ।  


प्रतियोगितामा बुधवार पहिलो खेल ढोलाहिटी र चितवन बीच र दोश्रो खेल हेटौडा र आयोजक एबिसी बिच फाइनलको लागि प्रतिस्पर्धा हुनेछ । ९ टीमको सहभागीता रहेको उक्त प्रतियोगिताको बिजेताले नगद १ लाख ५५ हजार ५ सय ५५, शिल्ड र मेडल प्राप्त गर्ने छन भने उपबिजेताले नगद ७७ हजार ७ सय ७७, शिल्ड र मेडल प्राप्त गर्ने आयोजक अमरसिंह ब्वाइज क्लबका सचिव बिजय घिमिरेले जानकारी दिए ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्