घान्द्रुक पर्यटन महोत्सव: क्लबस्तरीय भलिबलको सेमिफाइनल समिकरण पूरा

चक्रिय पदमार्ग दौड भोलि

पाेखरा | चैत २८, २०८०

घान्द्रुक पर्यटन महोत्सव: क्लबस्तरीय भलिबलको सेमिफाइनल समिकरण पूरा

पोखरा:       कास्कीको अन्नपूर्ण गाउँपालिका–१०/११ घान्द्रुकमा जारी ‘पर्यटन महोत्सव’ मा पु रुषतर्फ क्लबस्तरीय भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । 


क्लबस्तरीय भलिबल प्रतियोगितामा विद्यान स्पोर्टस हाउस, तान्ले युवा क्लब, अन्नपूर्ण युवा क्लब र भुका देउराली सेमिफाइनल प्रवेश गर्न सफल भए । 


लिकचरणको खेलमा विद्यान स्पोर्टस हाउस समूह ‘ए’ को विजेता र भुका देउराली उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरे । यस्तै समूह बी तर्फ अन्नपूर्ण युवा क्लब किम्चे र तान्ले युवा क्लब उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरे । 


भोलि हुने पहिलो सेमिफाइनलमा विद्यान स्पोर्टस हाउस र भुका देउरालीबीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो सेमिफाइनल खेलमा अन्नपूर्ण युवा क्लब किम्चे र तान्ले युवा क्लबबीच प्रतिस्पर्धा हुने महोत्सव संयोजक अमृत लामा गुरुङले जानकारी दिए । 


क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११, उपविजेताले ७० हजार रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 


पुरुष भलिबलतर्फ विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, प्रशिक्षक, उदीयमान खेलाडीलाई (सेमिफाइनलबाट म्यान अफ द म्याच)  पुरस्कृत गरिनेछ । 


यस्तै घोडा दौड प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५, उपविजेताले २७ हजार ७ सय ७७ र तेस्रो हुनेले ११ हजार ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । 


भोलि चक्रिय पदमार्ग दौड प्रतियोगिता


घान्द्रुक पर्यटन महोत्सवमा आयोजित चक्रिय पदमार्थ दौड प्रतियोगिता भोलि (बिहिवार) हुने भएको छ । 


मेश्रेम बराह माविबाट सुरु हुने चक्रिय पदमार्ग वडा नं. १० को कार्यालय हुँदै पञ्चे, कोटगाउँ, देउराली, बलाथे पार्क, नब्रुथी बराह मन्दीर, कायमा बराह, सात सय घान्दु्रकेले मान्दै आएको ब्रेजे मेश्रे बराह नेगु, चिया बगान, डाडागाउँ, कुमाभ्री, सिल्कु, खोलोभ्रो हुँदै विद्यालयम नजिक जोडिएको छ । यो दुरी ५.५ किमी रहेको छ । सोही पदमार्गमा दौड प्रतियोगिता हुनेछ ।


चक्रीय पदमार्ग दौड प्रतियोगिताको विजेताले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । 


यस्तै ठेलो प्रतियोगितातर्फ विजेताले ८ हजार र उपविजेताले ५ हजार रुपैयाँ प्राप्त गर्नेछ । महोत्सवको अवधिमा ह्विलचियर बास्केटबलको समेत प्रर्दशन गरिने छ । 


बास्केटबलतर्फ क्वाटरफाइनलको समिकरण पूरा


महोत्सवको अवसरमा आयोजित खुला क्लबस्तरीय बास्केटबल प्रतियोगितामा क्वाटरफाइनलको समिकरण पूरा भएको छ । 


भोलि हुने पहिलो क्वाटरफाइनलमा दाङ र टाइम्सबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल आर्मी र घान्द्रुक ‘ए’बीच प्रतिस्पर्धा हुनेछ । यस्तै तेस्रो खेल मर्दीखोला र घान्द्रुक ‘बी’बीच प्रतिस्पर्धा हुनेछ । यस्तै क्वाटरफाइनलको अन्तिम खेल सेन्चुरी युवा क्लब र नदीपुरबीच प्रतिस्पर्धा हुनेछ । 


सो प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ६० हजार रुपैयाँ पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । बास्केटबलतर्फ कुल १२ टिमको सहभागिता रहेको छ ।


सो महोत्सवको हरेक बेलुकी विभिन्न जातिका प्रचलित नृत्य तथा सांगीतिक कार्यक्रमहरु प्रस्तुत हुने संयोजक गुरुङले जानकारी दिए । 


घान्द्रुक पर्यटन व्यवस्थापन समितिले महोत्सव अवधिभर घान्द्रुक जाने पर्यटकलाई ३० प्रतिशत छुट दिएको छ । 


कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकमा आज चैत्र २७ देखि ३० गतेसम्म आयोजना गरिएको घान्द्रुक पर्यटन महोत्सवमा पर्यटकहरुलाई ३० प्रतिशत छुट दिएको अध्यक्ष विक्रम गुरुङले बताए । 


घान्द्रुकमा अहिले ७० वटा व्यवस्थित होटल र १७ वटा होमस्टे सञ्चालनमा रहेका छन् । महोत्सवमा जाने पर्यटक तथा दर्शकलाई घान्द्रुकमा उत्पादन हुने खाद्यान्न र संस्कार, संस्कृतिसँगै प्रतियोगिताबाट मनोरञ्जन दिने आयोजकले जनाएको छ । 


 

बाँके:   जेनजी आन्दोलनका क्रममा भएको आगजनीले यातायात व्यवस्था कार्यालय बाँकेमा अत्यधिक क्षति पुगेको छ ।  आगलागीका कारण नेपालगञ्जको बाँके गाउँस्थित कार्यालयको भौतिक संरचना पूर्ण रूपमा क्षतिग्रस्त ह...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवापुस्ताको मिलनविन्दु आफू भएको बताउनु भएको छ । उहाँले लामो समयदेखि पार्टीभित्र र बाहिरका ‘फोरम’मा युवापुस्त...

थप पढ्नुहोस्

पोखरा: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताउनु भएको छ।  नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन समारोहलाई शनिबार भक्तपुरमा नेकपा...

थप पढ्नुहोस्