ध्वनी प्रदुषण रोक्न कास्की प्रहरीको कसरत: १ हजार ९ सय १५ वटा प्लाष्टिकका बाजा नियन्त्रणमा

पाेखरा | चैत २९, २०८०

ध्वनी प्रदुषण रोक्न कास्की प्रहरीको कसरत: १ हजार ९ सय १५ वटा प्लाष्टिकका बाजा नियन्त्रणमा

पोखरा:  जिल्ला प्रहरी कार्यालय कास्कीले ध्वानी प्रदुषणलाई रोक्न कसरत गरेको छ ।

 

प्रहरी उपरीक्षक महोन कुमार थापाले कास्की प्रहरीको कमाण्ड सम्हालेदेखि ध्वनी प्रदुषणलाई रोक्न स्वरुप परिवर्तन गरिएका (मोडिफाइड) मोटरसाइकललाई कारवाहीको अभियान नै थाले । सोही अभियानलाई निरन्तरता दिदैं कास्की प्रहरीले अनावश्यक ध्वनी प्रदुषण गर्ने प्लाष्टिकका बाजालाई नियन्त्रणमा लिएको छ ।

 

विभिन्न चाडपर्व, मेलापर्वहरुमा ध्वनी प्रदुषण हुने गरी विभिन्न किसिमका प्लाष्टिकका बाजाहरु बजाउँदै हिड्ने र ध्वनी प्रदुषण गर्ने भन्ने जनगुनासो आधारमा पोखराको विभिन्न स्थानबाट १ हजार ९ सय १५ वटा प्लाष्टिकका बाजा नियन्त्रणमा लिएको कास्कीका प्रवक्ता डिएसपी बसन्त कुमार शर्माले जानकारी दिए । 

 

उनका अनुसार कास्की तथा मातहत वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा ६ लेकसाईडमा हुन गई रहेको ‘१९ औं फेवा महोत्सव तथा नयाँ वर्ष २०८१’ लाई मध्यनजर गर्दै ध्वनी प्रदुषण रोक्ने उद्देश्यले पोखरा ३ तेर्सापट्टीबाट विभिन्न प्लाष्टिकका ठुलो र सानो बाजाहरु ७ सय १५ थान र लेकसाईडबाट १ हजार २ थान  गरी जम्मा १ हजार ९ सय १५ वटा ध्वनि प्रदुषण निकाल्ने प्लाष्टिकका बाजाहरु नियन्त्रणमा लिइएको हो ।

 

यससँगै कास्की प्रहरीले मोडिफाइड मोटरसाइकलमाथि पनि निगरानी बढाइरहेको छ ।
 

काठमाडौं:   नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रिया बुधबार (भोलि) बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ ।  नेतृत्व चयनका लागि आज साँझ ७ बजेदेखि मतदान हुने निर्वाचन कार्यतालि...

थप पढ्नुहोस्

पोखरा:   १४  औं संस्करणको पोखरा महोत्सवको सह प्रायोजकमा रहेर सिटिजन फर्निचरले साथ दिने भएको छ ।  युनाईटेड क्लब पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह ख...

थप पढ्नुहोस्

पोखरा: रुपा गाउँपालिकामा पहिलो पटक फुटबल प्रतियोगिताको आयोजना भएको छ । रुपा गाउँपालिका ५ फेदीस्थित दोभान क्लबको आयोजनामा पालिकामा पहिलो पटक दोभान कप खुला सेभेन ए साइड फुटबल प्रतियोगिताको आयोजना गरिएको ...

थप पढ्नुहोस्