आलु महोत्सवमा विज्ञ–कृषकबीच अन्तरक्रिया, दिनहुँ दर्शक बढ्दै
पाेखरा | चैत ३०, २०८०
पोखरा: हेमजा महोत्सवमा माटोलाई स्वस्थ्य राख्नेबारे चर्चा गरिएको छ ।
१२ औं राष्ट्रिय हेमजा आलु महोत्सव अन्तर्गत बिहीबार भएको माटो तथा बाली संरक्षण विषयक अन्तरक्रिया गरिएको हो ।
कृषि अनुसन्धान निर्देशनालय लुम्लेको आयोजनामा भएको उक्त अन्तरक्रियामा धारणा राख्दै राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख, वरिष्ठ वैज्ञानिक डा.श्रीप्रसाद विष्टले माटोलाई जीवित राख्न त्यसमा रासायनिक नभई जैविक मलको उचित प्रयोग गर्नुपर्ने धारणा राखे ।
‘साच्चै सफल रुपमा कृषि कर्म गर्ने हो भने माटोलाई बचाउनुको विकल्प हामीसँग छैन । त्यसका लागि प्राङगारिक चिजवस्तुहरु माटोसँगै कुहाउनु पर्दछ । जलाउदाँ माटोको माथिल्लो सतहका जीवाणुहरु पनि मर्दछन्, त्यो भनेको माटो मर्नु सरह हो,’ उनले भने ।
यस्तै कार्यक्रममा बागबाणी अनुसन्धान केन्द्र मालेपाटन प्रमुख वरिष्ठ वैज्ञानिक डा. सुनिल अर्यालले पनि कृषिको महत्वमाथि प्रकाश पारे ।
उनले फल कुहाउने औशाका कारण अमिलोजन्य कृषि उपजको उत्पादनमा आजकल कमी आइहेको स्पष्ट पार्दै त्यसका लागि उक्त फललाई नै व्यवस्थित ढङ्गले नष्ट गरे करिब ७० प्रतिशत समस्या समाधान हुने बताए ।
दिनहुँ दर्शक बढ्दै
हेमजामा जारी महोत्सवमा दिनहुँ दर्शकको सँख्या बढेको छ । बिहीबारसम्म २५ हजार दर्शक बढीले महोत्सव अवलोकन गरेको आयोजकको तथ्याङ्कमा उल्लेख छ ।
१ हजार ४ सय १० घरपरिवारले आलु खरिद गरेको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।
उनले हालसम्म १४ लाख बढीको आलु कारोबार भएको पनि बताए ।
महोत्सव अन्तर्गत बिहीबार कलाकारहरु तारापति सुवेदी, प्रेमराज अधिकारी, शिवहरी ढुङगाना, परशुराम अधिकारी, नेत्र खड्का, सुनिता नेपाली, नवराज अधिकारी, दुर्गा क्षत्री, राजेश बर्देवा(पप आधुनिक), हास्य कलाकारद्वय राजेन्द्र नेपाली र युवराज भण्डारी साथमा स्थानीय कलाकारहरुले प्रस्तुति दिएका थिए ।
त्यस्तै आज (शुक्रबार) विष्णु खत्री, ज्योति लोहोनी, माधव चापागाई, जीवन सिग्देल, माया केसी, छ्यवाङ लामा, ओम गुरुङ तथा अंकित एण्ड कुशल व्याण्डका प्रस्तुतिहरु रहने छ ।
महोत्सव यही बैशाख ५ गतेसम्म महोत्सव चल्नेछ ।
काठमाडौं: भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले अर्को तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानमा बोलाउने तयारी गरेको छ । यसबारे आयोगले आज प्रधानमन्त्री शुसीला कार्कीलाई जानकारी गराएको छ । ...
काठमाडौं: बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान प्रक्रिया सम्पन्न भएको छ । कुल २२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित हुँदा २२२७ मत खसेको छ । निर्वाचन आयोगक...
काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...

