घान्द्रुक पर्यटन महोत्सव: बास्केटबलतर्फ टाइम्स र भलिबलतर्फ विद्यान स्पोर्टस क्लबलाई उपाधि
पाेखरा | चैत ३०, २०८०
पोखरा: घान्द्रुक पर्यटन महोत्सवमा आयोजित क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि विद्यान स्पोर्टस क्लबले जितेको छ ।
घान्द्रुक पर्यटन व्यवस्थापन समितिले आयोजना गरेको पर्यटन महोत्सवमा क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा विद्यान स्पोर्टस क्लबले अन्नपूर्ण युवा क्लब किम्चेलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।
विद्यान स्पोर्टस क्लबले पहिलो सेट २५–१९ जितेपनि दोस्रो सेट २३–२५ ले गुमाएको थियो । तेस्रो र चौथो सेट क्रमशः २५–२० र २५–२१ ले जित्दै उपाधि जितेको हो ।
क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेता विद्यान स्पोर्टस क्लबले १ लाख ११ हजार १ सय ११, उपविजेता किम्चेले ७० हजार रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको महोत्सव संयोजक अमृत गुरुङले जानकारी दिए ।
बास्केटबलको उपाधि टाइम्सले जित्यो
घान्द्रुक पर्यटन व्यवस्थापन समितिले पर्यटन महोत्सवमा आयोजित बास्केटबल प्रतियोगिताको उपाधि टाइम्सले जितेको छ ।
शुक्रबार सम्पन्न भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै टाइम्सले उपाधि जितेको हो । टाइम्सले आर्मीलाई ५६–४७ अङ्कले पराजित गर्दै उपाधि जितेको हो ।
खुल्ला बास्केटबल प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ६० हजार रुपैयाँ पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरे ।
घोडा दौडको उपाधि देवेन्द्रलाई
घान्द्रुक पर्यटन व्यवस्थापन समितिले पर्यटन महोत्सवमा आयोजित घोडा दौडको उपाधि देवेन्द्र श्रीपालीले जितेका छन् ।
शुक्रबार सम्पन्न भएको घोडा दौड प्रतियोगितामा ९.५ किलोमिटर दुरी २२ मिनेट ३९ सेकेण्डमा पूरा गर्दै उपाधि चुमेका हुन् ।
यस्तै कृष्ण गुरुङले २२ मिनेट ५० सेकेण्डमा दुरी पूरा गर्दै द्धितीय भए । यस्तै बिनोद गुरुङले २३ मिनेट १९ सेकेण्डमा दुरी पूरा गर्दै तृतीय भए । घोडा दौड प्रतियोगितामा विजेता देवेन्द्र श्रीपालीले ५५ हजार ५ सय ५५, उपविजेता कृष्ण थापाले २७ हजार ७ सय ७७ र तेस्रो भएका बिनोद थापाले ११ हजार ११ रुपैयाँ पुरस्कार प्राप्त गरे ।
ठेलो प्रतियोगितातर्फ स्याङ्जाका दुजिक थापामगर प्रथम र पर्वतका युवराज गुरुङ द्धितीय भए । प्रथम र द्धितीय भएका उनीहरुले ८ हजार र ५ हजार पुरस्कार प्राप्त गरे ।
घान्द्रुक पर्यटन व्यवस्थापन समितिले चैत २७ देखि आयोजना गरेको घान्द्रुक पर्यटन महोत्सव आज सम्पन्न भएको हो । घान्द्रुक पर्यटन महोत्सवमा ३० प्रतिशत छुट दिएको थियो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

