धादिङको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो

धादिङ | बैशाख ५, २०८१

धादिङको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो

धादिङ:    धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ पतेनी भन्ने स्थानको पाल्पालीटोलमा गत आईतबार भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ ।

 

ट्रक दुर्घटनामा परि घाईते भएका ट्रकका चालक ४० वर्षीय बिष्णु श्रीमलको उपचारका क्रममा मृत्यु भए पछी मृतकको संख्या चार पुगेको हो गम्भिर घाइते भएका चालक श्रीमलको काठमाण्डौ स्थित ट्रमा सेन्टरमा उपचारका क्रममा बुधबार विहान मृत्यु भएको हो ।

 

जिल्ला अस्पताल धादिङबेशीमा प्रारम्भिक उपचार पछि आईतबार दिउँसो थप उपचारका लागि घाईते ६ जनालाई हेलिकप्टरबाट र एक जनालाई एम्बुलेन्स मार्फत काठमाण्डौं लगिएको थियो ।

 

काठमाण्डौंमा उपचार गराईरहेका मध्ये १२ बर्षिय प्रितम मजकोटीको सोमबार राती उपचारकै क्रममा केएमसी सिनामंगलमा मृत्यु भएको थियो भने एक जनाको घटना स्थलमा र अर्का एक जनाको जिल्ला अस्पताल धादिङमा उपचारका क्रममा आईतवार नै मृत्यु भएको थियो ।

 

मृतक र घाईते सबै पतेनी टोलकै हुन् । मृत्यु हुनेमा एकै घर परिवारका तीनजना रहेका छन् । घाइते मध्ये अहिले ट्रमा सेन्टरमा उपचार भईरहेकाहरुमा ३५ बर्षिया हिरा रम्तेल, ११ वर्षीय सुजन रम्तेल, १४ वर्षीय सुजित मजकोटी, ११ वर्षीय बिमल मजकोटी र १३ वर्षीय कृष्ण रम्तेल रहेका छन् ।

 

गत आईतवार गाई बस्तुको मोल बोकेर खाल्टेको पतेनी टोलबाट पतेनीवेशीतर्फ जाँदै गर्दा बा ३ ख ८९४७ नम्वरको मिन ट्रक दुर्घटनामा परेको हो ।

 

ट्रक सडकबाट करिव पचास मिटर तल खोल्सामा खस्दा सो दुर्घटना भएको हो ।

काठमाडौं:  संघीय संसद् सचिवालयले जेन–जी आन्दोलनका क्रममा भदौ २४ गतेको प्रदर्शनका क्रममा लगिएका मालसामान फिर्ता गर्न आग्रह गरेको छ । सचिवालयले सोमबार सूचना जारी गरेर प्रदर्शनका क्रममा नयाँ बानेश्...

थप पढ्नुहोस्

काठमाडौं: सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघमा अनुसार सुनको मूल्य सोमबार १०० रुपैयाँले बढेको छ ।  आइतबार २ लाख १५ हजार १०० रुपैयाँमा कारोबार भएको सुन सोमबा...

थप पढ्नुहोस्

काठमाडौं:  ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका फिल्म हल सोमबारदेखि खुल्ने भएका छन्।  आइतबार बसेको चलचित्र भवन सञ्चालक तथा चलचित्र वितरकको छाता संस्था नेपाल चलचित्र सङ्...

थप पढ्नुहोस्