उत्कृष्ट वर्ष खेलाडी अवार्ड अरुणा र प्रदिपलाई

पाेखरा | असार १८, २०७९

उत्कृष्ट वर्ष खेलाडी अवार्ड अरुणा र प्रदिपलाई

 

पोखरा |:     नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले आयोजना गरेको ‘छैटौँ स्पोर्टस् अवार्ड २०७८’ उत्कृष्ट वर्ष खेलाडी महिला तर्फ नेपाल महिला भलिबल टिमका क्याप्टेन अरुणा शाही र उत्कृष्ट वर्ष खेलाडी ( पुरुष ) अवार्ड  टेनिस खेलाडी प्रदिप खड्काले प्राप्त गरेका छन् । 

 

शनिबार पोखरा सभागृहमा मञ्चले आयोजना गरेको ‘छैटौँ स्पोर्टस् अवार्ड २०७८’ मा उत्कृष्ट वर्ष खेलाडी महिला तर्फ महिला भलिबलका टिम क्याप्टेन अरुणा शाही र पुरुष तर्फ टेनिसका खेलाडी प्रदिप खड्काले अवार्ड सँगैै ट्रफी र इलेक्ट्रिक स्कुटर प्राप्त गरे ।  

 

यस्तै वर्ष उत्कृष्ट प्रशिक्षकमा टेनिसका निरज थापा, उदियमान खेलाडीमा टेनिसका दर्शिल श्रेष्ठ  र  उत्कृष्ट खेल संघ (गण्डकी तेक्वान्दो संघ) ले अवार्ड सँगै नगद ३५ हजार र ट्रफी प्राप्त गरे । 

 

‘छैटौँ स्पोर्टस् अवार्ड २०७८’ अन्र्तगत लाईफटाईम अचिभमेन्ट अवार्ड गणेश बहादुुर भट्टराईलाई प्रदान गरिएको छ । यस्तै वर्ष उत्कृष्ट खेलकुद पत्रकार अवार्ड पत्रकार दिपक परियारले पाए । 

 

यस्तै उदियमान खेलाडी अवार्डको मनोनयनमा परेका श्रृष्टि जैसी ( क्रिकेट), शाहिल लिम्बु ( बक्सिङ), वर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड मनोनयनमा  परेका रेकमाया गुरुङ ( तेक्वान्दो ), रिजन प्रजु (क्रिकेट), उत्कृष्ट वर्ष खेलाडी ( पुरुष तर्फ) बुद्ध लामा ( कराते), विधान अधिकारी ( व्याडमिन्टन) र उत्कृष्ट वर्ष खेलाडी ( महिला तर्फ ) मनिषा उपाध्याय ( क्रिकेट ), सरगम कुमाल ( कराते ) का खेलाडीले ट्रफी प्राप्त गरे । 

 

 

 

 

 

 

 

 


 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्