यूनाइटेडको रक्तदानमा ८५ यूनिट रगत संकलन

पाेखरा | बैशाख ६, २०८१

यूनाइटेडको रक्तदानमा ८५ यूनिट रगत संकलन

पोखरा:     यूनाइटेड क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ८५ यूनिट रगत संकलन भएको छ । क्लबले १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रम अन्तर्गत पांचौ दिन आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ८५ जनाले रक्तदान गरेका हुन ।


सो कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर १० का अध्यक्ष राजेश गुरुङले यूनाइटेड क्लबले पोखरा १० मा स्थापना भएतापनि सामाजिक काम मार्फत पोखरा बाहिर समेत पुगेर सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरे । जाजरकोटको भुकम्प देखि पूर्व र पश्चिममा विपदमा परेकाहरुलाई यूनाइटेड क्लबले सहयोग गरेको वताउदै यूनाइटेडको हरेक अभियानम आफ्नो साथ र सहयोग रहने उनको भनाइ रहेको थियो ।


त्यस्तै रक्तसञ्चार केन्द्र पोखराका वरिष्ठ प्राविधिक महेन्द्र केसीले हरेक तीन महिनामा रक्तदान गर्न सके शरिर स्वस्थ बन्ने बताए । रक्तदानले अर्काको जीवन बचाउने मात्र नभइ आफुलाई समेत स्वस्थ बनाउन सहयोग पुग्ने उनको भनाइ रहेको थियो । 


त्यस्तै क्लबका कार्यसमिति सदस्य तथा रक्तदान कार्यक्रमका संयोजक जयराम आचार्यले यूनाइटेड क्लबले हरेक वार्षिकोत्सवको अवसरमा रगतको अभावलाई मध्येनजर गरी रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको र यो पटक पनि रक्तदान कार्यक्रमको आयोजना गरी रक्त अभावलाई कमी गर्ने अभियानलाई निरन्तरता दिएको बताए ।


रक्तदान कार्यक्रममा ब्राभो ट्रनिङ सेन्टर, टास्क फोर्स ट्रेनिङ सेन्टर, एबीसी ड्राइभिङ, पिसपोखरा ड्राइभिङ, स्थानिय र क्लबका पदाधिकारी, कार्यसमिति सदस्य, आजीवन सदस्य, सल्लाहकार लगायतले रक्तदान गरेका थिए । 

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच मुगुको रारा ताल समीप रिसोर्ट निर्माणको सम्झौता भएकामा खुसी व्यक्त ग...

थप पढ्नुहोस्

काठमाडौं:      राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गरी आन्तरिक उत्पादन र उत्पादकत्व बढाइनुपर्ने बताउनुभएको छ । विश्व मजदुर दिवस, २०२४ को शुभकामना सन्देश ...

थप पढ्नुहोस्

काठमाडौं:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादनसँगै रोजगारीलाई प्राथमिकतामा राखेर श्रमको सम्मानसहित समृद्धिको जग बसाल्न सरकार गम्...

थप पढ्नुहोस्