निकुञ्जले नियन्त्रणमा लिएको छ वटा बाघमा चार बाघ छाडेको छ

नवलपुर | असार १९, २०७९

निकुञ्जले नियन्त्रणमा लिएको छ वटा बाघमा चार बाघ छाडेको छ

 

नवलपुर :      मान्छे मारेका कारण चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको नरभक्षी बाघको ‘आनीबानी सुध्रिएको’ जनाउँदै यस वर्ष निकुञ्जले चार बाघलाई प्राकृतिक वासस्थानमै छाडेको छ । 

 

निकुञ्जले यस वर्ष छ वटा बाघ नियन्त्रणमा लिएकामा चार बाघ छाडेको छ  । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले यस आर्थिक वर्ष २०७९/८० मा चार बाघ छाडिए पनि अझै तीन बाघ निकुञ्जको खोरमै रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बाँकी रहेका तीन बाघ नरभक्षी भएकाले छाडिएको छैन ।” जङ्गलमा लगेर छाडिएको बाघको घाँटीमा स्याटेलाइट कलर जडान गरिएको पनि संरक्षण अधिकृत आचार्यले जानकारी दिनुभयो ।

 

बाघको घाँटीमा स्याटेलाइट कलर जोडेपछि उक्त बाघ कहाँ कुन अवस्थामा छ भन्ने कुरा सफ्टवेयरको माध्यमबाट निकुञ्जमै बसेर जानकारी लिन सकिने उहाँले बताउनुभयो । खोरमा बाँकी रहेका तीनवटामध्ये एउटा बाघ बाँकेबाट ल्याइएको हो भने दुई बाघ चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । छाडिएको बाघलाई मानिसको नजिक राखेर बानी–व्यवहार अध्ययन गरेपछि मात्र छाडिएको संरक्षण अधिकृत आचार्यले जानकारी दिनुभयो ।

 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले मानिससँग जम्काभेट भएर आक्रमण गरेका बाघलाई मात्र छाडिएको जानकारी दिनुभयो । “हामीले जनदबाबमा समातेका सबै बाघ नरभक्षी हुँदैनन् त्यसैले उनीहरुको आनीबानी, उमेर, व्यवहारको अध्ययन गरेर नरभक्षीबाहेकका बाघलाई जङ्गलमा लगेर छाड्ने गरेका छौँ”, उहाँले भन्नुभयो । उनीहरूको क्रियाकलापलाई अवलोकन गर्न स्याटेलाइट कलर घाँटीमा जडान गरिएको उहाँले बताउनुभयो । 

 

निकुञ्जको मुख्यालय कसारमा दुई र निकुञ्जको पूर्वी सेक्टर सौराहामा दुई गरी चारवटा मात्रै बाघ राख्न मिल्ने खोर छन् । थप केही खोर बन्ने चरणमा छन् । चालु आर्थिक वर्षमा मात्र चितवनमा बाघको आक्रमणबाट १६ जनाको मृत्यु भइसकेको छ भने ११ बढी मानिस घाइते भएका छन् । 

काठमाडौं:  नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही पुस ९ गते बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा यही पुस २६ गतेदेखि २९ गतेसम्म तोकिएको १५औँ म...

थप पढ्नुहोस्

काठमाडौं:   काठमाडौं महानगरपालिकाको शिक्षा विभागले १०७ विद्यालयललाई सम्पर्कमा आउन सूचना सार्वजनिक गरेको छ । महानगर क्षेत्रभित्रमा १०७ विद्यालय भौतिक रुपमा सञ्चालनमा नरहेको पाइएपछि सम्पर्कमा आउन सूचना सार्व...

थप पढ्नुहोस्

पोखरा:   पोखरामा आगामी माघ ९ देखि १७ गतेसम्म हुने छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा चार विदेशी क्लबसहित चौध टिमको सहभागित...

थप पढ्नुहोस्