नेपालले युएईलाई दियो १२० रनको लक्ष्य
काठमाडाैं | बैशाख ७, २०८१
काठमाडौं: एसीसी टी-२० प्रिमियर कपको सेमिफाइनलमा नेपालले यूएईलाई १२० रनको लक्ष्य दिएको छ।
ओमनको अल अमेरत रंगशालामा शुक्रबार पहिले ब्याटिङ गर्दै नेपालले ९ विकेटको क्षतिमा ११९ रन बनाएको हो। नेपालका लागि सन्दीप जोराले अर्धशतक बनाए। उनले ४० बलमा चार चौका र दुई छक्का प्रहार गरे।
त्यस्तै, गुल्सन झालले २० र करण केसीले १७ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
यूएईका लागि अलि नसिर र बलिस अहमदले २/२ तथा जुनैद सिद्दिकी, ओमिद शफी रहमान, आयान अफजल खान र मुहम्मद फारूकले १/१ विकेट लिए।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

