सुमनलाई नेपालकै पहिलो अटोक्रस च्याम्पियनसिपको उपाधि
हेटौंडा | बैशाख ९, २०८१
हेटौंडा: बागमती अटोमोबाइल्स एसोसिएसन र चितवन अटोमोबाइल्स डिलर एसोसिएसनको संयुक्त आयोजनामा भएको अटोक्रस्ट च्याम्पियनसिप कम्पिटिसन २०२४को उपाधि सुमन तामाङले जितेका छन् ।
हेटौंडाको गौरीटार स्टेडियम भित्र एक किलोमिटर अस्थायी ट्रयाकमा सम्पन्न सो प्रतियोगितामा राजन पिया दोस्रो बने । दुवैजना यसै वर्ष हुने एसिया प्यासिफिक अटो जिमखाना च्याम्पियनसिपमा सहभागी हुनेछन् ।
नेपालभरका ड्राइभर्सहरूको खुल्ला प्रतियोगितामा विजयीहरूलाई बागमती खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी, उद्यमी अरुणराज सुमार्गी, नेपाल खेलकुद महासंघका महासचिव धरम कुमार लामा, नेपाल अटोमोबाइल एसोसिएसनका उपाध्यक्ष अनिल कुमार बराल तथा कोशी अटोमोबाइल एसोसिएसनका अध्यक्ष प्रकाश कपुरी लगायतले पुरस्कृत गर्नुभयो ।
पहिलोपटक डिजाइन गरिएको कलात्मक ट्रयाकमा सहभागी हुन सबै उमेर समूहका ड्राइभरहरू उत्साहित थिए तर उनीहरूको ड्राइभङ स्किल, उमेर अवस्था, शारीरिक क्षमता र स्वास्थ्य अवस्था समेतको विश्लेषण गरी फाइनल राउन्डमा २० जना ड्राइभर्स र नेभिगेटरहरुलाई मात्र चयन गरिएको थियो । यसअघि गरिएको ओरिएन्टेसनमा राउन्डमा भने १८ ड्राइभर्स र १६ को–ड्राइभर सहभागी थिए ।
बागमती प्रदेश संघले पहिलोपटक तथा नासा नेपालले काठमाडौँ बाहिर पहिलोपटक आयोजना गरिएको सो प्रतियोगिता अन्तर्राष्ट्रिय अटोमोबाइल फेडरेसन एफआईएका स्पोर्ट्स ग्रान्ट अन्तर्गत र बागमती खेलकुद विकास परिषद् र भरतपुर मनपाको विशेष सहयोग तथा पोखरा राइडर्स क्लबको प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

