लेकसाइडबाट स्कुटर चोरी गर्ने दिपक पक्राउ
पाेखरा | बैशाख ९, २०८१
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले स्कुटर चोरी गरेको आरोपमा १ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गुल्मीको मदाने गाउँपालिका ३ घर भई हाल पोखरा महानगरपालिका ९ नयाँबजार बस्ने ३४ वर्षीय दिपक सुनार रहेका छन् ।
उनलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले चोरी गरिएको ग १० प ४४१२ नम्बरको स्कुटर सहित पक्राउ गरिएको हो ।
दिपकले आज बिहान करिब पौने ५ बजे लेकसाइडको क्लब क्याटवाक अगाडी पार्किङमा रहेको स्कुुटर चोरी गरेका थिए ।
हाल पक्राउ परेका उनीविरुद्व कास्की जिल्ला अदालतबाट दिन ७ (सात) म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...
पोखरा: पोखरा महानगरपालिकामा रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी सिर्जना गर्ने उद्देश्यसहित सञ्चालनमा रहेका परियोजना अगाडि बढिरहेको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघ...

