मलेसियामा अभ्यासका क्रममा दुई सैन्य हेलिकप्टर ठोक्किदा १० जनाको मृत्यु

काठमाडाैं | बैशाख ११, २०८१

मलेसियामा अभ्यासका क्रममा दुई सैन्य हेलिकप्टर ठोक्किदा १० जनाको मृत्यु

एजेन्सी: मलेसियामा दुई सैनिक हेलिकप्टर  एक आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ। 

 

९०औं सैनिक दिवस मनाउन अभ्यासरत दुई सैन्य विमान ठोक्किँएको मलेसियाका  सञ्चारमाध्यमले जनाएका छन्। 

 

रोयल मलेसियन नेभी परेडका क्रममा एउटा हेलिकप्टर अर्को हेलिकप्टरको पङ्खामा ठोक्किएपछि दुवै हेलिकप्टर जमिनमा खसेका थिए।

 

एउटा हेलिकप्टरमा सात जना र अर्कोमा तीन जना सवार थिए। हेलिकप्टरमा सवार दश जनाकै ज्यान गएको रक्षा मन्त्रालयले जनाएको छ। 

 

सरकारले दुर्घटनाग्रस्त दुई नौसेना हेलिकप्टरको कारण पत्ता लगाउन एक छानबिन बोर्ड गठन गर्ने जनाएको छ। 

पोखरा:    बैशाख २८ गतेबाट रिलिज हुने नेपाली सिनेमा ‘खजुरे ब्रो’ एक सामाजिक कथा भएको निर्माण पक्षले जनाएको छ ।  विहिबार चलचित्र पत्रकार संघ नेपाल कास्कीले पोखरामा आयोज...

थप पढ्नुहोस्

गण्डकीः   गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३ गते गण्डकी प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ ।   गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट गत चैत २५ गते नेपालको संविधानको ...

थप पढ्नुहोस्

काठमाडौंः   डढेलोविद् सुन्दर शर्मा यही साता मङ्गोलिया भ्रमणमा जाने अन्तिम तयारीमा हुनुहन्थ्यो । तर मुलुकका विभिन्न स्थानका जङ्गल डढेलोले जलिरहँदा उहाँलाई भ्रमणमा निस्कन मन लागेन ।  विदेश जान मरिहत्ते ग...

थप पढ्नुहोस्