वैशाखको तेस्रो साता बजेट अधिवेशन आह्वानको तयारी

काठमाडाैं | बैशाख १३, २०८१

वैशाखको तेस्रो साता बजेट अधिवेशन आह्वानको तयारी

काठमाडौंः   हरेक आर्थिक बर्षको बजेट जेष्ठ १५ गते संघीय संसदमा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यस बर्ष बजेट अधिवेशन सुरु गर्नुअघि नै केही कानूनहरु संशोधन गर्नुपर्ने भएपनि हिउँदे अधिवेशन प्रभावकारी हुन सकेन् ।

 

हिउँदे अधिवेशनलाइ प्रभावकारी बनाउन भन्दै अधिवेशनको सुरुमै संघीय संसदले कार्यतालिका सार्वजनिक गरेको थियो । तर कार्यतालिका बनाएपनि हिउँदे अधिवेशन प्रभावकारी हुन सकेन् ।

 

दलहरुबीचमा सहमती नजुट्दा बैशाखको दोस्रो साता नै हिउँदे अधिवेशन अन्त्य गरिएको थियो ।

 

तर जेष्ठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्थाका कारण अब बजेट अधिवेशन भने समयमै सुरु गर्नुपर्ने हुन्छ । बजेट प्रस्तुत हुनुअघि संसदमा राष्ट्रपतिले नीति तथा कार्यक्रम पेश गर्ने र त्यसमाथि छलफल गर्ने गरिन्छ ।

 

सांसदहरुले दिएको सुझावलाई समेत समेटेर तयार पारिएको नीति तथा कार्यक्रमका आधारमा बजेट प्रस्तुत गर्ने गरिन्छ । त्यसैले नीति तथा कार्यक्रममाथि छलफल गर्ने समय समेत राखेर बैशाखको तेस्रो साता बजेट अधिवेशन आव्ह्वानको तयारी भएको छ ।

 

बजेट अर्थात बर्खे अधिवेशन मुख्यतः बजेट निर्माणमा केन्द्रित हुन्छ । अधिवेशनमा सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटमाथि गहन तथा विस्तृत छलफल गर्नुपर्ने मान्यता राखिन्छ ।


 

काठमाडौं:     राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार सूचनाको हक भएको बताउनुभएको छ । “लोकतन्त्रमा शासन प्रणालीलाई  पारदर्शी तथा जवाफदेही बना...

थप पढ्नुहोस्

पोखरा:   ‘आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८०’मा पोखरा मोबाईल टावरले साथ दिने भएको छ ।  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख २८ गते पोखरा सभागृहमा आयोजना गर्ने पोखरा स्पोर्टस् ...

थप पढ्नुहोस्

पोखरा:    गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले कार्यान्वयन हुने खालको नीति कार्यक्रम र बजेट ल्याउने तयारीमा आफू जुटेको बताउनुभएको छ ।  शुक्रबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्...

थप पढ्नुहोस्