गल्फको परिक्षणपछि सांसद विष्टले भने- ‘एउटा सपना पुरा हुदैँछ’

मुस्ताङ | असार १९, २०७९

गल्फको परिक्षणपछि सांसद विष्टले भने- ‘एउटा सपना पुरा हुदैँछ’

मुस्ताङ:  उपल्लो मुस्ताङको लोवाथाङमा गल्फको सफल परिक्षण भएको छ ।  गण्डकी प्रदेश सभा सदस्य तथा गल्फर इन्द्रधारा विष्टले पहिलो ड्राइभ प्रहार गरेपछि औपचारिक रुपमा सुरुवात भएको हो ।

 

कोर्समा गल्फर भुबहादुुर गुरुङ, बलराम थापा, भक्तराज गुरुङ र राजु थकालीले गल्फको परिक्षणसँगै शुरुवात गरेको सांसद विष्टले बताए । 

 

सफल परिक्षणसँगै लोमान्थाङ गाउँपालिकाको लोवाथाङमा अवस्थित गल्फकोर्स नेपालकै सबैभन्दा उच्च स्थानको कोर्स रहेको सुनाए ‘यो समुन्द्री सतहदेखि ४ हजार ६ सय ४५ मिटर उचाइमा रहेको छ । यो गल्फ कोर्स त नेपालकै बेष्ट कोर्स हो, उनले भने, ‘हामी औपचारिक गेम नै खेल्यौं । गल्फरहरुले यसको प्रचुर सम्भावना छ भन्नुभाछ । नेपालको भएको हाई अल्टिच्युडको कोर्स भनेकै यति एउटै हो । यसको सफल परिक्षण भएको छ । त्यसैले मेरो एउटा सपना पुरा हुदैँछ ।’

 

सांसद विष्टका अनुसार पोखरामा १ चितवनमा १ धरानमा १, काठमाडौंमा ३ र अहिले थपिएको उपल्लो मुस्ताङको गरि कुन नेपालमा ७ वटा गल्फ कोर्स रहेका छन् । 

 

गण्डकी प्रदेश सांसद तथा गल्फर इन्द्रधारा विष्टले वर्षौ देखि त्यहाँ गल्फ कोर्स बनाउने योजना बनाउदै आएका थिए  । उक्त कोर्स बनाउनका लागि विष्टले ८ लाख बढि लगानी गरिसेकेका छन् । भने लोमान्थाङ गाउँपालिकाले प्रतियोगिता सञ्चालन गर्न १० लाख बजेट विनियोजन गरेको छ । 

 

सांसद विष्टले मौसमको अनुकुलता अनुसार प्रतियोगिताको तयारी गर्ने बताए ।  ‘अब सम्भव भएसम्म छिटै गल्फ प्रतियोगिता आयोजना गर्ने सोच बनाएको छु, उनले भने, ‘बाह्रखरीले आयोजना गर्दै आएको राष्ट्रिय गल्फ च्याम्पियनसिपलाई यही कोर्समा गर्ने गरि कसरत गरिरहेको छु । यो कोर्स नेपालकै बेस्ट कोर्स बनाउने गरि लाग्नेछु ।’
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्