मुस्ताङमा विद्यार्थी बोकेको बस दुर्घटना, २१ जना घाइते

मुस्ताङ | बैशाख १८, २०८१

मुस्ताङमा विद्यार्थी बोकेको बस दुर्घटना, २१ जना घाइते

मुस्ताङ:     मुस्ताङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीको घुम्तीमा काठमाडौंबाट विद्यार्थी लिएर गएको गाडी दुर्घटना हुँदा २१ जना घाइते भएका हुन्। 


प्रदेश नं.३–०१००६ख ६२२ को गाडी मुक्तिनाथबाट फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। अनामनगरको लिबर्टी कलेजका ३३ जना विद्यार्थी लिएर गएको गाडी दुर्घटनामा परेको प्रहरीको भनाइ छ।


बसमा सवार २१ जना सामान्य घाइते भएका छन्। उनीहरूको जोमसोम अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेहरूमा सिराहा लहान १२ का २० वर्षीय आदेश आचार्य, भक्तपुर मध्यपुर ठिमी ३ बस्ने वर्ष २० का अनुज न्यौपाने, सिराहा गोलबजार ६ बस्ने वर्ष २१ कि ज्योति कुमारी साह, गुल्मी रुरु ५ बस्ने वर्ष २१ कि समीक्षा ज्ञवाली, काठमाडौं कीर्तिपुर ८ बस्ने वर्ष २० कि प्रतिक्षा खड्का छन्।


यस्तै, ओखलढुंगा घर भई भक्तपुर चाँगुनारायण बस्ने वर्ष २० कि  बिन्दा दाहाल, काठमाडौं ९ एयरपोर्ट बस्ने १९ वर्षकी अनामिका थापा, कैलाली गोदावरी १० बस्ने वर्ष २१ को ध्रुवराज जोसी, भोजपुर ९ बस्ने वर्ष २० का पेसल बस्नेत, महोत्तरी जलेश्वर १ बस्ने वर्ष २२ कि रम्मा कुमारी, पाँचथर कुम्भायोग १ बस्ने वर्ष २३ को आदेश लावती पनि घाइते छन्।


सुनसरी हरहरी ८ बस्ने २२ वर्षका निशान रसाइली, बटेश्वर २ बस्ने वर्ष २४ का सुरज कुमार परियार, बर्दिया मधुवन ६ का २० वर्षीय सुवास नेपाल, काभ्रे तेमाल ६ बस्ने २१ वर्षका सौगात त्रिपाठी, सर्लाही कौदेना १ बस्ने वर्ष २० को राहुल साह, काठमाडौँका साईरस तामाङ, सुर्यबिनायककी अनामितका सुवार, जनकपुर ११ का दीपक कुमार निधी, हरिवन ४ का २२ वर्षीय निरञ्जन साह र डोटी शिखर ८ बस्ने २१ वर्षका रोहित बलायर पनि घाइते रहेका मुस्ताङ प्रहरी प्रमुख डीएसपी भोजराज पाण्डेले बताए।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्