रवि लामिछानेको पार्टीबाट गण्डकी संयोजकमा डा. श्रेष्ठ चयन
काठमाडाैं | असार १९, २०७९
सञ्चारकर्मबाट राजनीतितर्फ मोडिएका रवि लामिछानेले गत ७ गते घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको गण्डकी प्रदेश संयोजकमा डा. डीके (ढाकाकुमार) श्रेष्ठ चयन भएका छन् ।
चिकित्सकसँगै सामाजिक कार्यमा सक्रिय श्रेष्ठ चीनको डाली युनिभर्सिटीमा ६ वर्ष अध्ययन गरेर नेपाल फर्किएका हुन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको इमर्जेन्सी वार्ड सम्हालेका श्रेष्ठ हाल आफ्नै शुभबिहानी पोलिक्लिनिकमा व्यस्त छन् ।
‘पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत रहँदा सुधारको काम गरेको हुँ’ श्रेष्ठले भने ‘तर देशको बेथितिविरुद्ध लाग्न राजनीतिमा लाग्नुपर्छ भन्ने लागिरहन्थ्यो ।’ नेपालमा रहँदासम्म राजनीतिमा खासै चासो नरहेपनि अध्ययनकाक्रममा चीन पुगेपछि देश बदल्ने माध्यम नै राजनीति भएको चेत खुलेको उनले सुनाए ।
‘राजनीतिक प्लेटफर्मको आवश्यकता थियो, यसैबीच रविजीले पार्टी खोलेपछि म पनि आबद्ध भए’ उनले सुनाए । हाल श्रेष्ठ आफ्नै पोलिक्लिनिक, समाजसेवा र राजनीतिमा सक्रिय छन् ।
पार्टीले योग्य ठानेर प्रदेशको जिम्मेवारी दिएकोप्रति उनले एकैपटक अवसर र चुनौति पाएको भनि टिप्पणी गरे । ‘बाहिर बसेर धारे हात लगाएरमात्र हुँदैन, समुन्नत नेपाल चाहनेले राजनीतिमा आउँनैपर्छ’ उनले प्रतिक्रिया जनाए ।
परिवर्तन नेपाल नामक संस्थाबाट समाजसेवामा सक्रिय श्रेष्ठले अब पार्टीसँग छलफल गरी छिट्टै प्रदेशस्तरीय कार्यक्रम गर्ने योजना रहेको उनले सुनाए । ‘देश बनाउने बाहेकको कुनै अर्काे स्वार्थ छैन, आउनुहोस् हातेमालो गरौं, हामी अघि बढौं र देशलाई अघि बढाऔं’ श्रेष्ठले भनेका छन् ।
हाल पार्टीमा २१ सदस्य रहेका छन् । जसमध्ये लामिछाने सभापति, मुकुल ढकाल प्रवक्ता र अन्य सदस्य रहेका छन् ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

