मुद्रण उद्योग महासंघ गण्डकीको अधिवेशन सम्पन्न, अध्यक्षमा बास्तोला
कास्की | असार १९, २०७९
पोखरा: मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशको अध्यक्षमा बसन्त बास्तोला चयन भएका छन् । पोखरा–१६ स्थित पधेंरीपार्क भिलेज राहुलडाँडामा सम्पन्न तेश्रो वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनबाट बास्तोलाको नेतृत्वको नयाँ कार्यसमिति चयन भएको हो ।
समितिको उपाध्यक्षहरुमा स्याङ्जाका सुर्दशन रेग्मी र मुस्ताङका भिम रसाइली छानिए । भने महासचिवमा कास्कीका मनोहर दाहाल निर्वाचित भए । यसैगरि सचिवमा म्याग्दीका भिम शर्मा र कोषाध्यक्षमा गोर्खाकी कोपीला श्रेष्ठ चुनिइन् । भने सह–कोषाध्यक्षमा सुर्य पौडेल चयन भए ।
समितिको सदस्यहरुमा घनश्याम गौतम, पुनम गुरुङ, गोविन्द सिग्देल, नविन श्रेष्ठ, सन्दिप खत्री, माधव तिवारी र गिता खनाल निर्वाचित भइन् ।
यसअघि कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत रहेका मुद्रण उधोग महासंघ नेपालका केन्द्रिय अध्यक्ष खुमाकान्त रेग्मीले गरे । सो अवसरमा बोल्दै मुद्रण व्यवसायीमो हक र हितको पक्षमा सदैब काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
यसैगरि केन्द्रका वरिष्ठ उपाध्यक्ष विष्णु तिवारीले रोजीरोटी प्रदान गर्ने आफ्नो पहिलो समय आफ्नै व्यवसायिक संस्थामा छुट्टयाउन आग्रह गर्दै सरकारले कागजमा लगाएको भन्सारमा गम्भिर ध्यानाकर्षण भएको धारणा राखे ।

केन्द्रिय उपाध्यक्ष पदमलाल श्रेष्ठले व्यवसायीबीचको आपसी एकताले नै सबैको हित हुने कुरा उल्लेख गर्दै आगामी दिनमा समेत आपसी सद्भाव कायम राख्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा उपमहासचिव अर्जुन भुषाल, केन्द्रिय सचिव जिवन गोर्खाली, चिन्तामणी बास्तोला कास्की जिल्ला अध्यक्ष किरणलाल श्रेष्ठ लगायतले बोलेका थिए । महेन्द्र बजिमयको सभापतित्वमा सम्पन्न कार्यक्रममा उत्कृष्ट संयोजकको रुपमा कार्यसम्पादन गरेको भन्दै मनोहर दाहाललाई सम्मान समेत गरिएको थियो ।

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

