सुदूरपश्चिम प्रदेश सभा सदस्य दमन भण्डारीले लिए शपथ
धनगढी | बैशाख २७, २०८१
धनगढी: सुदूरपश्चिम प्रदेश सभाका नवनिर्वाचित सदस्य दमनबहादुर भण्डारीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश सभाका सभामुख भीम भण्डारीले बझाङ १ बाट गत वैशाख १५ गतेको उपनिर्वाचनबाट विजयी भण्डारीलाई शपथ खुवाएका हुन् ।
चुनावी प्रचारकै क्रममा भण्डारीका बुवाको निधन भएको थियो । उपचुनावमा विजयी भएका उनी बुवाको काजकिरियामा बसेकाले शपथ रोकिएको थियो ।
०७९ मंसिरको प्रदेश सभाको निर्वाचनमा निर्वाचित नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको २०८० असार ५ गते सडक दुर्घटनामा निधन भएपछि बझाङमा उपनिर्वाचन भएको हो ।
उपनिर्वाचनमा एमालेबाट उम्मेदवार बनेका भण्डारीले दिवंगत पृथ्वीबहादुरकै छोरा एवम् नेपाली कांग्रेसका अभिषेक सिंहलाई पराजित गरेका हुन् ।
भण्डारी ११ हजार ६१२ मतसहित विजयी हुँदा सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका थिए ।
भण्डारी निर्वाचित भएसँगै प्रदेश सभामा एमालेका सांसद ११ पुगेका छन् । यसअघि प्रदेश सभामा एमालेका १० सांसद थिए ।
भण्डारीको शपथसँगै अब मुख्यमन्त्री दीर्घ सोडारीका लागि विश्वासको मतको ढोका पनि खुलेको छ । यसअघि एमालेले दुई पटकसम्म सोडारीलाई विश्वासको मतमा रोकिसकेको छ ।
पोखरा: पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले महिलाहरु आर्थिक रुपमा मजबुत नभएसम्म अगाडी बढन कठिन हुने बताउनुभएको छ । पोखरा महानगरपालिका वडा नम्वर १५ ले आयोजना गरेको कृष्ट...
पत्रकार विजय नेपाललाई ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार’, फिल्मकर्मी विनोद शेरचनलाई सम्मान
पोखरा: ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार’ बाट पत्रकार विजय नेपाल पुरस्कृत हुने भएका छन् भने फिल्मकर्मी विनोद शेरचनलाई सम्मान गरिने भएको छ । चलचित्र पत्रकार सं...
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका–७ तोल्कास्थित हिमालय माध्यमिक विद्यालय तोडफोड गरी सिसी क्यामेरासहित नगद र ल्यापटप लगायतका सामग्री चोरी भएको छ । आइतबार बिहान कार्यालय ...