गण्डकी प्रज्ञा प्रतिष्ठानका कूलपति आलोचित, सदस्य–सचिव भन्छन् – ‘गाईजात्रा भयो’
काठमाडाैं | असार २०, २०७९
पोखराः पोखरामा हालै एक साहित्यकारले प्राप्त गरेको दर्जन हाराहारीको पुरस्कार एवं सम्मानलाई लिएर गण्डकी प्रज्ञा प्रतिष्ठानका कूलपति सूर्य खड्का बिखर्ची आलोचित भएका छन् ।
प्रसंग हो, गत शनिबार आयोजित देशभक्तसिंह कुँवरलाई गरिएको सम्मान कार्यक्रम । आफुलाई अलौकिक कवि भनेर चिनाउने कुँवरलाई एक दर्जन संस्थाले ५० हजारका दरले ६ लाख रुपैयाँको नगदसहित सम्मान गरे ।
उक्त सम्मान कार्यक्रममा १ दर्जन नै प्रमुख अतिथि रहेका थिए । जसमध्ये एक अतिथि हुन् प्रज्ञा प्रतिष्ठानका कूलपति बिखर्ची । सुन्दै विशेष र महान लाग्ने उपाधिबाट सुशोभित गराइएका कुँवर र उनकाबारे जिज्ञासा राख्दा कूलपति बिखर्चीले साहित्यकार केही भावुक हुने भन्दै कुँवरलाई साथ समर्थन गरे भोली देशकै ठूला साहित्यकार हुनसक्ने टिप्पणी गरे ।
‘महाकवि देवकोटालाई पनि पहिले पागल भनिएको थियो’ बिखर्चीले भने ‘भोली उनी पनि त्यस्तै नहोलान् भन्न सकिन्न नी !’ यद्यपि, सामान्य सम्मान कार्यक्रम भनेर निम्तो गरिएपछि कार्यक्रममा पुगेको र त्यहाँ पुगेपछि अद्भूत–अद्भूत विभुषण दिइएको उनले सुनाए ।
‘उनको (देशभक्त) बुवा मेरा साथी पनि हुन्, त्यही भएर पनि कार्यक्रममा गएको हुँ’ बिखर्ची भन्छन् ‘साहित्कायरले नै बोलाएको कार्यक्रममा प्रतिष्ठानकोतर्फबाट नजाने कुरा पनि भएन ।’ कुँवरले १ सय ८ कृति रचना गरिसकेकाले उनमा केही खुबी भएको उनको भनाई छ ।
तर हालसम्म कुँवरको कुनैपनि रचना नपढेको जनाउँदै बिखर्चीले झण्डै मरेर बाँचेका हुनाले उनलाइ ‘अलौकिक कवि’ भनिएको प्रष्ट्याए । प्रतिष्ठानले ‘दुर्लभ महामानव’ भन्ने विभुषणलाई कसरी व्याख्या गर्छ ?’ भन्ने प्रश्नमा बिखर्ची भन्छन् ‘अब धेरै सोधखोज नगर्नुस् न, आइन्दा यस्तो कार्यक्रममा म जान्न ।’
सोही कार्यक्रममा कूलपति बिखर्ची अतिथिको हैसियतमा उपस्थिति भएको विषयमा सदस्य–सचिव मनकुमार श्रेष्ठले भने खरो टिप्पणी गरेका छन् । ‘पोखरा साहित्य र संगीतको उर्वरभूमि हो तर कूलपति जुन कार्यक्रममा प्रमुख अतिथिको हैसियतमा सहभागी हुनुभयो त्यसले प्रतिष्ठानको गरिमामाथि आँच आउने काम भयो ।’
कुनैपनि कार्यक्रममा कतैबाट निम्तो आए त्यसउपर छलफल गरेरमात्रै सहभागी हुने परम्परा राख्न आवश्यक भएको उनको बुझाई छ । ‘शनिबारको कार्यक्रम त गाइजात्रा नै भयो’ श्रेष्ठ भन्छन् ‘अतिथिको पनि दोष छैन होला, यस्ता कार्यक्रममा स्वयं आयोजकले पनि ध्यान पु¥याउनुपर्ने हो ।’
त्यसो त उक्त कार्यक्रममा पोखराका चर्चित र स्वनामधन्य व्यक्तिलाई अतिथि बनाएर आयोजक र पुरस्कृत व्यक्तिले वाहवाही लुट्न खोजेको श्रेष्ठको अनुमान छ । श्रेष्ठ भन्छन् ‘आयोजकको स्वार्थमा प्रतिष्ठानलाई बेच्न खोजियो, आइन्दा कूलपतिज्यूले पनि सामान्य हेक्का राख्नुप¥यो ।’
इन्याल्क नेपाल नामक संस्थाद्वारा आयोजित पुरस्कार एवं सम्मान कार्यक्रममा बिखर्चीसहित शिक्षावीद् जर्ज जोन, छन्दनायक माधव वियोगी, समीक्षक मदन भण्डारी, वरिष्ठ गायिका बाबा राणालगायत प्रमुख अतिथि रहेका थिए ।
सम्मान गर्ने संस्थाहरुमा इन्याल्क नेपाल (अंग्रेजी प्रौढ साक्षरता अभियान), इन्याल्क नेपाल काठमाडौं र पोखरा शाखा, उन्नतिशील वाङ्मय प्रतिष्ठान, बैदाम वाङ्मय प्रतिष्ठान, रुपांकन साहित्य परिवार, श्रीवृद्धि साहित्य परिवार, श्री ऐतिहासिक कुँवर तथा राणा सांस्कृतिक समाज पोखरा, सनलाइट मिडिया टे«निङ सेन्टर, कारवि फाइनान्सियल एजेन्सी काठमाडौं, काविन ग्राफिक्स डिजाइनिङ एण्ड सोलुसन र माछापुच्छे« नृत्य प्रशिक्षण तथा सांस्कृतिक परिवार रहेका छन् ।
कार्यक्रममा कुँवरलाई साहित्य सम्राट, वाङ्मय सम्राट, शब्द सम्राट, सिर्जना सम्राट, लेखक सम्राट, रचना सम्राट, महासाहित्यकार, बहुआयामिक व्यक्तित्व, संगीत मणिरत्न, दिव्य गायक, युग संचारमणि र दुर्लभ महामानव उपाधिबाट सम्मान गरिएको हो ।
जानकारहका अनुसार कुँवरलाई सम्मान गर्ने संस्था र पुरस्कारको राशीमा परिवारकै योगदान रहेको छ । कुँवर सम्मानित भएपछि सामाजिक सञ्जालमा विभिन्नखालको टिका–टिप्पणी गरिएका छन् ।
काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही पुस ९ गते बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा यही पुस २६ गतेदेखि २९ गतेसम्म तोकिएको १५औँ म...
काठमाडौं: काठमाडौं महानगरपालिकाको शिक्षा विभागले १०७ विद्यालयललाई सम्पर्कमा आउन सूचना सार्वजनिक गरेको छ । महानगर क्षेत्रभित्रमा १०७ विद्यालय भौतिक रुपमा सञ्चालनमा नरहेको पाइएपछि सम्पर्कमा आउन सूचना सार्व...
पोखरा: पोखरामा आगामी माघ ९ देखि १७ गतेसम्म हुने छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा चार विदेशी क्लबसहित चौध टिमको सहभागित...

