दिलासा रानामगरलाई उदीयमान खेलाडीको अवार्ड
पाेखरा | बैशाख २८, २०८१
पोखरा: यसवर्षको वर्ष उदीयमान महिला खेलाडीको अवार्ड व्याडमिन्टनकी दिलासा रानामगरले जितेकी छिन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले प्रदान गर्ने आठौं पोखरा स्पोर्ट्स अवार्ड अन्तर्गत रानामगरलाई उदीयमान खेलाडीको अवार्ड दिइएको हो ।
यो पनि पढ्नुहोस
वर्ष उत्कृष्ट उदियमान खेलाडी घोषित रानामगरले नगद ३५ हजार पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे । यो विधामा ३ जना मनोनयनमा परेका थिए । क्रिकेटकी ज्योत्स्निका मरासीनी र एथ्लेटिक्सका बादल कार्की मनोनयनमा परेका थिए ।
यस्तै, उत्कृष्ट खेलसंघ सहारा क्लव पोखरा बनेको छ । लामो समयदेखि विपन्न वालकहरूलाई राखेर एकेडेमी सञ्चालन गर्दै आएको सहाराले वर्षेनी आहारारा पोखरा गोल्डकप आयोजना गर्छ ।
सुर्खेत: दैलेखबाट सुर्खेतको वीरेन्द्रनगर आउँदै गरेको बस वीरेन्द्रनगर-१४ स्थित कटकुवा नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख रूपेश खड्काका अनुसार म...
सङ्खुवासभा: सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२ भेडा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले गत शनिबार रातका समयमा परेको चट्याङ...
तनहुँ: तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भएको आगलागीको विवरण सङ्कलन सुरु गरिएको छ । गएराति १२ः४५ बजे फलफूल लाइनमा रहेका सटरमा आगलागी भएको थियो । उक्त ...