पिप्लेलाई यु–२३ बास्केटबलको उपाधि
पाेखरा | बैशाख ३०, २०८१
पोखरा: पिप्ले बास्केटबल क्लबले यु–२३ बास्केटबल प्रतियोगिताको उपाधि चुमेको छ ।
महेन्द्रपुल युथ क्लबको आयोजनामा जारी यु–२३ बास्केटबल प्रतियोगिताको फाइनलमा केबीए सेतोलाई ७३–४३ स्कोरको फराकिलो अन्तरले हराउँदै उपाधि चुमेको हो ।
पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा भएको फाइभ वाई फाइभ बास्केटबलको पहिलो क्वाटरमा पिप्लेले १८–१२ को स्कोर निकालेको थियो । दोस्रो क्वाटरमा ३०–९, तेस्रो क्वाटरमा १६–१० र अन्तिम क्वाटरमा २५–१२ को स्कोर निकालेको हो ।
उपाधिसँगै पिप्लेले ४० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता केबिएले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
पिप्लेका पुस्कल छन्त्याल प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी घोषित भए । उनले ट्रफी हात पारे । यस्तै केबिएका विपुल गुरुङले सर्वाधिक स्कोररको ट्रफी हात पारे । उनले खेलभर कुल १३ स्कोर गरे ।
२८ गतेबाट सञ्चालन भएको प्रतियोगितामा कुल १३ टिमको सहभागिता रहेको थियो । शनिबार नै फाइनल खेल हुने भनिएपनि वर्षाका करण खेल आइतबार भएको हो ।
फाइनल खेलको समापनमा बोल्दै खेलकुद परिषद गण्डकीका उपाध्यक्ष तथा गण्डकी बास्केटबल संघका अध्यक्ष ध्वजकुमार गुरुङले आगामी वर्षदेखि प्रदेशले प्रतियोगितालाई साथ दिने प्रतिबद्धता व्यक्त गरे ।
बास्केटबल पनि लोकप्रिक खेल मध्येकै एक रहेको र यसको प्रतियोगिताहरु हुँदै आइपनि अझ चर्चामा ल्याउन आवश्यक रहेको उनले सुनाए ।
क्लबका अध्यक्ष आनन्द तझ्याले युवा खेलाडी लक्षित गरेर यु–२३ बास्केटबलको आयोजना गरेको बताए । प्रतियोगितालाई सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन गर्दै उनले अब महेन्द्रपुल युथ क्लब पुनः जागरण भएको र हरेक वर्ष विभिन्न खेल गतिविधिको आयोजना गर्ने बताए ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

