पोखरा २५ मा वडा नागरिक आरोग्य कार्यक्रम शुभारम्भ

पाेखरा | बैशाख ३१, २०८१

पोखरा २५ मा वडा नागरिक आरोग्य कार्यक्रम शुभारम्भ

पोखरा:    पोखरा महानगरपालिका वडा नं.२५ मा वडा नागरिक आरोग्य कार्यक्रम शुभारम्भ गरिएको छ । घर घरमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने गरी उक्त कार्यक्रम शुभारम्भ गरिएको वडा अध्यक्ष मोतीलाल तिम्सिनाले बताउनुभयो । 


पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको विशेष उपस्थितिमा सुरु गरिएको अभियानको पहिलो दिन ७१ परिवारका एक सय बढी ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरिएको छ । 


प्रयोगशाला परीक्षण सहितको उक्त सेवाले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्था पत्ता लगाउन र आवश्यक परेको खण्डमा उपयुक्त स्वास्थ्य सेवा तथा परामर्श दिन सहज हुने प्रमुख आचार्यले बताउनुभयो । 


‘पाइलट प्रोजेक्टको रूपमा अहिले यो कार्यक्रम वडा नं.२५ बाट सुरु गरिएको छ, प्रमुख आचार्यले भन्नुभयो, यसको प्रभावकारी हेरेर क्रमशः अन्य वडाका अलवा महानगरपालिका भरि नै विस्तार गरिने छ ।’ 


आफूहरू आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम र बजेटको तयारीमा रहेको बताउँदै उहाँले स्वास्थ्य महानगरपालिकाको पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण घरघरमा र अन्यको हकमा महानगरपालिका अन्तरगतका स्वास्थ्य संस्थाहरूमा प्रयोगशाला परीक्षणको सुविधा सहित सेवा प्रदान गरिने उहाँले बताउनुभयो । 


पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले स्वास्थ्य सम्बन्धी जागरण नागरिक स्तरमा आवश्यक रहेको बताउनुभयो । स्वास्थ्यकर्मीहरूको एकल प्रयासले मात्र नागरिक सचेतना अभिवृद्धि सम्भव नरहेको उल्लेख गर्दै उहाँले अमसरोकारवालाहरु हातेमालो गरेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो । स्वस्थ महानगर निर्माणका लागि सबै नागरिकहरूमा स्वास्थ्य सचेतना र सेवा पहुँच आवश्यक रहेको उहाँले बताउनुभयो । 


पोखरा महानगरपालिकाका प्रवक्ता समेत रहनु भएका वडा अध्यक्ष मोतीलाल तिम्सिनाले यस कार्यक्रमका लागि यसअघि नै घरधुरी सर्वेक्षणको काम सकिएको बताउनुभयो । दीर्घ रोगी तथा ज्येष्ठ नागरिकहरूको अवस्था, उनीहरूको स्वास्थ्य, औषधी सेवनमा नियमितता लगायतका विषयहरू वडाबाट खटिएका स्वास्थ्यकर्मीहरुले जानकारी लिने उहाँले बताउनुभयो । ज्येष्ठ नागरिकहरूको प्रेसर, अक्सिजन लेबल, मधुमेह लगायतको परीक्षण समेत गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । अध्यक्ष तिम्सिनाका अनुसार यस कार्यका लागि वडालाई तिन वटा क्लस्टरमा विभाजन गरी काम थालिएको छ । 


दीर्घ रोगी र ज्येष्ठ नागरिकहरूलाई घर मै स्वास्थ्य सेवाको पहुँच उनीहरूको जीवनलाई सुखी र खुसी सहित तनावमुक्त बनाई थप उपचारको आवश्यकता देखिएका ज्येष्ठ नागरिकहरूलाई सुविधा सम्पन्न सेवा क्षेत्रमा प्रेषण गर्ने उद्देश्यले यस प्रकार कार्यक्रमको थालनी गरिएको हेमजा स्वास्थ्य चौकीका प्रमुख सिनियर अहेव कुश्मराज सुवेदीले जानकारी दिनुभयो । 


कार्यक्रमका क्रममा दीर्घ रोगी र ज्येष्ठ नागरिकहरूको नियमित फ्लोअपका लागि सम्बन्धित स्वास्थ्य संस्थाहरूमा जानका लागि उचित परामर्श समेत दिइने उहाँले बताउनुभयो । मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने नारालाई सार्थक बनाउन प्रभावकारी कदमहरू चालिने उहाँले बताउनुभयो । 
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्