मोटरबाटो खुलेको ३६ वर्षपछि सडक कालोपत्रे

गोरखा | बैशाख ३१, २०८१

मोटरबाटो खुलेको ३६ वर्षपछि सडक कालोपत्रे

गोरखा:   जिल्लाको नारेश्वरमा मोटरबाटो खुलेको ३६ वर्षपछि सडक कालोपत्रे भएको छ ।

 

गोरखा नगरपालिका –५ माने पानी स्वाँरा देखि वडा नम्बर ३ नारेश्वर हुँदै पडेनीचौतारा जोड्ने  १० किलोमिटर सडकमा प्रिमिक्स प्रविधिको कालोपत्रे भएको हो । वि.सं.२०४५ मा मार्ग खुलेको यो सडक जीर्ण, साँघुरो, बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे थियो। 

 


गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको नारेश्वर–निवेल–ताकुुकोट सडक आयोजनाको पहिलो खण्डमा पर्ने नारेश्वर–पडेनी चौतारा क्षेत्रमा कालोपत्रे गरेर सडक स्तरोन्नति भएको छ । 

 

वि.सं. २०४५ मा मार्ग खुलेको सडक कालोपत्रे भएपछि यात्रा अवधि छोटिएको, यात्रा सहज, सुरक्षित भएको, हिलो र धुलोबाट मुक्ति मिलेको स्थानीयबासीले बताएका छन् । कृषि उपज बजारीकरण, निर्माण सामग्री र दैनिक उपभोग्य सामग्री ढुवानीमा सहज भएको छ । 

 


वि.सं. २०७६ मा रु २५ करोड ६३ लाखमा ठेक्का सम्झौता गरेको रौताह–पिके–गोरखा जेभीले लक्ष्य भन्दा २ वर्ष ढिला गरी सडक कालोपत्रे गर्ने काम सकेको हो । नारेश्वर–निवेल–ताकुकोट सडक आयोजनाको दोस्रो खण्डमा पर्ने पडेनीचौतारा देखि ताकुकोत तर्फ थप १० किलोमिटर सडक कालोपत्रे गर्न संरचना निर्माणको काम भइरहेको छ । 

 

गत वर्ष रु २३ करोड ७५ लाखमा ठेक्का सम्झौता गरेको अमर–ग्यानेक्स जेभीले २५ प्रतिशत निर्माण सकेको पूर्वाधार विकास कार्यालय गोरखाका सडक इन्जिनियर दिपक बस्नेतले बताउनुभयो । 

 

गोरखा नगरपालिका र बारपाक सुलीकोट गाउँपालिका जोड्ने यो सडकबाट सिरानचोक गाउँपालिकाका बासिन्दा पनि लाभान्वित भएका छन् । मध्य पहाडी लोकमार्गको वैकल्पिक मार्गको रुपमा पनि प्रयोग गर्न सकिने भएकाले यस सडक आयोजनालाई गण्डकी प्रदेश सरकारले प्राथमिकता दिएको छ । 

काठमाडौँ:  हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ ।   गण्डकी प्रदे...

थप पढ्नुहोस्

प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू र जेनजीका प्रतिनिधिबिच त्रिपक्षीय संवाद आह्वान गरेकी छन् ।   भदौ २३ र २४ गतेको उथलपुथलकारी जेनजी विद्रोहपछि गठित सर...

थप पढ्नुहोस्

दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्का...

थप पढ्नुहोस्