लेकसाइडको स्पा (मसाज) सेन्टरबाट ६ जना बालिकाको उद्धार

पाेखरा | जेठ २, २०८१

लेकसाइडको स्पा (मसाज) सेन्टरबाट ६ जना बालिकाको उद्धार सांकेतिक तस्वीर

पोखरा:   पोखरा महानगरपालिका–६ लेकसाइडमा सञ्चालनमा रहेका ५ वटा स्पा (मसाज) सेन्टरबाट ६जना बालिकाको उद्धार गरिएको छ । 


स्पा (मसाज) सेन्टरमा बालिकाहरुलाई यौनजन्य कार्यमा लगाउने गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका सामाजिक महाशाखा र शक्ति समूह नेपालको संस्थाबाट खटिएको टोलिले आज ६ जना बालिकाहरुको उद्धार गरेको हो । 


जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी एवम् प्रहरी नायव उपरिक्षक बसन्तकुमार शर्माले लेकसाइडस्थित स्पा(मसाज) सेन्टरमा बालिकाहरुलाई यौनजन्य कार्यमा लगाउने गरेको गोप्य सूचनाको आधारमा अनुगमन गर्ने क्रममा ५ वटा स्पा (मसाज) सेन्टरबाट ६ जना बालिकाहरुको उद्धार गरेको जानकारी दिए । 


उनका अनुसार ५ वटा स्पा (मसाज) सेन्टरमा अनुगमन गर्ने क्रममा १८ वर्ष भन्दा मुनिका ६ जना बालिकाहरुलाई काममा लगाएका पाइएपछि पीडित बालिकहरुको उद्धार गरिएको बताए । 


कास्की प्रहरी, पोखरा महानगरको सामाजिक महाशाखा र शक्ति नेपालको सयुुक्त टोलिले सेन्टर पोइन्ट स्पाबाट २ जना, हिमालय स्पाबाट १ जना, पारामाउट स्पाबाट १ जना र न्यू भिजन स्पाबाट २ जना बालिकाको उद्धार गरेको हो । 
 

लेखनाथ:    महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ ।   शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...

थप पढ्नुहोस्

पोखरा:   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...

थप पढ्नुहोस्

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

थप पढ्नुहोस्