तमु धिं नेपालको ४० औं स्थापना दिवसमा कुलपति प्रा.डा.गुरुङलाई शैक्षिक सम्मान अर्पण गरिने
पाेखरा | जेठ ३, २०८१
पोखरा: तमु धिं नेपाल जेठ ५ गते स्थापनाको ४० औं वर्ष प्रवेशको अवसरमा विविध कार्यक्रम गरी मनाउने भएको छ।
पोखरा ९ नयाँबजारमा केन्द्रिय कार्यालयको तमु धिं नेपालले सरसफाई, रक्तदान कार्यक्रम, शुभकामना आदानप्रदान, शैक्षिक सम्मान अर्पण, बधाई ज्ञापनसहित विविध साँस्कृतिक कार्यक्रम गरी स्थापना दिवस मनाउने भएको हो।
देश,प्रवास,जिल्ला र क्षेत्रिय शाखा, संघ संस्था, समाजहरुको छाता संस्थाको रुपमा निरन्तर क्रियाशिल तमु धिं नेपालले जेठ ८ गते बिहान शान्तिबनबाटिका सरसफाई गर्नेभएको छ। त
त्कालिन पञ्चायती व्यवस्थामा संघ संस्था खोल्न बन्देज भएको अवस्थामा समुदायका लागि आवाश्यकताका कारण लुकीछिपी शान्तिबनबाटिमा २०४२ साल जेठ ५ गते सम्पन्न भेलाबाट कर्म तमुको अध्यक्षतामा तमु धिं नेपाल स्थापना भएकाले संस्था स्थापित थलोको सरसफाई गर्ने कार्यक्रम आयोजना गरिएको तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिए ।
यसरी नै जेठ ५ गते तमु धिं नेपाल केन्द्रिय युवा समितिले तमु धिं नेपालको प्राङ्गणमा रक्तदान–जीवनदान नाराका साथ खुल्ला रक्रदान कार्यक्रम आयोजना गरिएको युवा समितिका उपाध्यक्ष तथा कार्यक्रम संयोजक सुदर्शन गुरुङले जानकारी दिए ।
यसरी नै जेठ ५ गते दिउँसो गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको प्रमुख आतिथ्यतामा शुभकामना आदान प्रदान, शिक्षाविद समाजसेवी गणेशबहादुर गुरुङ स्मृतिकोषबाट गण्डकी विश्वविद्यालयका कुलपति प्रा।डा।गणेशमान गुरुङलाई १ लाख ११ हजार ११ रुपैयासहित शैक्षिक सम्मान अर्पण, गण्डकी प्रदेशका पुनः नियुक्त भएका मुख्यमन्त्री, मन्त्रीहरुलाई तमु धिं नेपाल एवम तमु समाजहरुबाट बधाई साथै विविध साँस्कृतिक कार्यक्रम गरिने तमु धिं नेपालले जनाएको छ।
तमु धिंका अध्यक्ष गुरुङका अनुसार शिक्षाविद समाजसेवी गणेशबहादुर गुरुङ स्मृतिकोषबाट शैक्षिक व्यक्तित्व जोर्ज जोन, सामाजिक व्यक्तित्व भद्रकुमारी यस अघि सम्मानित भई सकेका छन् ।
वार्षिक रुपमा शैक्षिक तथा सामाजिक व्यक्तित्व सम्मानित गरिने क्रममा यसवर्ष स्याङजा जिल्ला, आँधिखोला गाँउपालिका वडा नं.१ सिरुवारी गाउँ भई त्रिभुवन विश्वविद्यालय समाजशास्त्र मानवशास्त्र केन्द्रिय विभागका पुर्व प्रमुख, राष्ट्रिय शिक्षा आयोगका पुर्व सदस्य, विश्वविद्यालय अनुदान आयोगका पुर्व अध्यक्ष,संविधानसभाका सदस्य, गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा.गणेशमान गुरुङलाई शैक्षिक एवम सामाजिक क्षेत्रमा पुर्याउनुभएको योगदानका कारण शैक्षिक सम्मान गर्ने निर्णय गरिएको तमु धिं अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

