प्रधानमन्त्रीलाई ओलीको प्रश्न: लाचार अवस्थामा पुग्नु भएको हो ?
काठमाडाैं | असार २०, २०७९
काठमाण्डौँ: प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माणका क्रममा करका दरहरू हेरफेरमा बिचौलिया सहभागी भएको विषयमा संसदीय छानबिन माग गरेका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै ओलीले बाहिरको मान्छे राखेर बजेट बनाउनुलाई अन्तर्राष्ट्रिय लज्जाको विषय भएको बताए।
‘बजेट बाहिरको मान्छे राखेर बनाइन्छ भने यो भन्दा अन्तर्राष्ट्रिय लज्जाजनक विषय के हुन्छ’, ओलीले भने, ‘बजेटमा व्यापारिक घरानाको अनुहार देखिन्छ।’ उनले प्रधानमन्त्री शेरबहादुर देउवा ‘लाचार’ भएको टिप्पणी गरे।
‘प्रधानमन्त्री लाचार अवस्थामा पुग्नु भएको हो? देश बर्बाद होस् गठबन्धन जोगाए पुग्छ?’, ओलीले प्रश्न गरे, ‘मन्त्रीको यति क्रियाकलापमा प्रश्न उठ्दा‘।’ उनले बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नताको सत्य तथ्य छानबिन गर्न र त्यसको प्रतिवेदन संसदमा ल्याउन माग गरे।
ओलीले अर्थ मन्त्रालयको सिसिटिभी फुटेज डिलिट गरिएको आरोप लगाए। अर्थ मन्त्रालयमा सूचनाको हकमार्फत् सिसिटिभी फुटेज मागिएपछि मन्त्रालयले जवाफमा १३ दिनभन्दा लामो समयको फुटेज सर्भरमा नरहने जवाफ दिएको थियो।
ओलीले भिडिओ डिलिट गरिएको बताए। उनले प्रतिपक्षीलाई ललकार्ने काम भएको उल्लेख गर्दै अर्थमन्त्रीको छानबिन गरौं भन्ने दायित्व हुनुपर्ने बताए।
‘संसदीय छानबिन गरौं। यस्ता विषयमा हुनैपर्छ। विश्वमै नभएको बिचौलिया मान्छे राखेर बजेट बनाउने जस्तो विषय कल्पना नै गर्न सकिन्नँ’, ओलीले भने, ‘अर्थतन्त्र ध्वस्त पार्ने तमासा यो भन्दा के हुन्छ। प्रधानमन्त्रीले छानबिन गर्छु भनेर कबोल गर्नुपर्छ। उहाँले मेरो नेतृत्वको सरकार र मन्त्रीहरूले जे पनि गर्न पाउँछन् भनेर मौन ढंगले बस्न मिल्दैन। छानबिन प्रतिवेदन आउनुपर्छ। त्यसपछि त्यो प्रतिवेदनमा निर्दोष हुनुहुन्छ भने ठिक छ।‘ उनले संसदीय प्रणालीमा प्रधानमन्त्री नै जिम्मेवार हुनुपर्ने बताए।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

