विदेशी हस्तक्षेप विरुद्ध प्रभावकारी भूमिका खेल्न आभूषण महासंघलाई विज्ञहरुको सुझाव
विज्ञहरु भन्छन् – विदेशी हस्तक्षेप रोक्न आभूषण महासंघको भूमिका निर्णायक
काठमाडाैं | जेठ ५, २०८१
काठमाडौं: नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले प्रभावकारी भूमिका खेले नेपाली सुनचाँदी क्षेत्रमा विदेशी हस्तक्षेप रोकिने विज्ञहरुले बताएका छन् ।
महासंघको आज शुक्रबार काठमाडौंमा बसेको विज्ञ परिषद्को बैठकले सुनचाँदी हस्तकला क्षेत्रमा विदेशी हस्तक्षेप रोक्न आभूषण महासंघको भूमिका नै निर्णायक हुने भन्दै बाह्य हस्तक्षेप विरुद्ध प्रभावकारी कदम चाल्न महासंघलाई सुझाव दिएको हो ।
विदेशी हस्तकलाको बढ्दो प्रभावले नेपाली मौलिक कालिगढी लोप हुने अवस्थामा पुगेको विज्ञहरुको बुझाइ छ । यसले नेपाली मौलिक हस्तकलाको पहिचान नै धरापमा परेकोले यसलाई जोगाउनु पर्नेमा विज्ञहरुको जोड थियो ।
यता, महासंघका अध्यक्ष किसान सुनुवारले मुलुकमा सुनचाँदी क्षेत्रका व्यवसायीका लागि सुहाउँदो ऐन कानुनको अभावले व्यवसाय गर्न कठिन भएको गुनासो गनुभएको छ । ऐन कानुन नभएकाले बैध र अबैध व्यपार गर्ने दुवैलाई सरकारले एउटै नजरले हेर्ने गरेको गुनासो गर्दै अबैध व्यपारलाई राज्यले निरुत्साहित गर्नुपर्ने अध्यक्ष सुनारले बताउनुभयो ।
मुलुकभर २३ हजार भन्दा बढी परिवार सुनचाँदी व्यवसायमा निर्भर भएको जिकिर गर्दै उहाँले राज्यले यसलाई विलाशिताको क्षेत्रमा राखेकोमा आपत्ति समेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘राज्यले सुनलाई विलाशिताको क्षेत्रमा राखेको छ, यो त हाम्रो संस्कार हो यसलाई सबैको पहुँचमा ल्याउन आवश्यक छ ।’
त्यस्तै, नेपालमा १० हजार भन्दा बढी दक्ष कालिगढ रहेको भन्दै उनीहरुलाई आफ्नो क्षमता दर्शाउने प्रमाणपत्र लगायतका कागजात दिलाउनु अहिलेको आवश्यकता भएको बैठकमा उपस्थित विज्ञहरुले औल्याएका छन् ।
अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) ले...
म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ। वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्यो। दोस्रो हाफको सुरुवाती चार म...
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...

