गृहमन्त्री रवि लामिछानेविरूद्ध  कांग्रेस उपसभापति गुरूङकाे निवेदन

काठमाडाैं | जेठ ८, २०८१

गृहमन्त्री रवि लामिछानेविरूद्ध  कांग्रेस उपसभापति गुरूङकाे निवेदन

काठमाडौं:  नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका प्रतिनिधि सभा सांसद धनराज गुरूङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरूद्ध निवेदन दिएका छन्।

 

उपसभापति गुरूङले 'सत्यतथ्य नबोल्ने गृहमन्त्रीमाथि संसदको अवहेलनामा कारबाही गर्न' मागसहित निवेदन दिएका हुन्।

 

गृहमन्त्री लामिछानेले आइतबारको प्रतिनिधि सभाको रोस्टमबाट तथ्यहीन अभिव्यक्ति दिएको गुरूङको भनाइ छ।

 

अदालतले गरेको फैसलामाथि गृहमन्त्री लामिछानेले धावा बोलेको गुरूङले उल्लेख गरेका छन्। गृहमन्त्री लामिछानेले ‘अदालतबाट सफाइ पाइसकेको रातो कुटनीतिक पासपोर्टको विषयलाई तोडमोड गरी आम नागरिकबीच भ्रम सिर्जना गर्न खोजेको' गुरूङको भनाइ छ।

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्