पत्रकार महासंघ कास्कीको पत्रकार पुस्तकालय(ई—लाइब्रेरी) तथा स्रोत केन्द्रको उदघाटन
पाेखरा | जेठ १२, २०८१
पोखरा: नेपाल पत्रकार महासंघ कास्कीको पत्रकार पुस्तकालय (ई—लाइब्रेरी) तथा स्रोत केन्द्रको उद्घाटन गरिएको छ ।
नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले उक्त स्रोत केन्द्रको उद्घाटन गरेका हुन् । उनले पोखराको पुस्तकालयको इतिहासमा महासंघले इट्टा थप्ने काम गरेको उल्लेख गरे । पठन संस्कृतिको विकासमा महासंघ कास्कीले स्थापना गरेको पुस्तकालय तथा स्रोत केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने उनले उल्लेख गरे ।

‘पत्रकार महासंघ कास्कीले स्थापना गरेको पुस्तकालय तथा स्रोत केन्द्रले पत्रकारको क्षमतामा थप टेवा पुग्ने विश्वास छ । आधुनिक तवरले निर्माण गरिएको पुस्तकालय र स्रोत केन्द्र प्रशंसा गर्न लायक बनेको छ । अब यसको सहि सदुपयोगको कामना गर्दछु,’ उनले भने ।
गण्डकी प्रदेश सभाका सांसद एवम् पूर्व कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले पत्रकारका लागि निर्माण गरिएको पुस्तकालय एवम् स्रोत केन्द्रको स्थापनाले अध्ययन शैलीमा परिवर्तन आउने उल्लेख गरे । प्रेस स्वतन्त्रतालाई आत्मसात् गर्दै सामाजिक उत्तरदायित्व बहन गर्न पुस्तकालय महत्वपूर्ण साबित हुने उनले बताए ।
नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश बिष्टले पत्रकार महासंघ कास्की शाखाले केन्द्रले गर्न नसकेको काम गरेको उल्लेख गरे । उनले केन्द्रले पनि पुस्तकालय निर्माण कार्यलाई अगाडि बढाएको तर आर्थिक स्रोतको आभावमा पुरा गर्न नसकेको हुँदा ४० प्रतिशत काम थाती रहेको बताए । विमला भण्डारी नेतृत्वको महासंघ कास्कीले भने समयमा नै पुस्तकालय निर्माण गरेको प्रति उनले खुसी व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले ई—लाइब्रेरी निर्माणले कास्की र गण्डकी प्रदेशका पत्रकारहरुको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने उल्लेख गरिन् । कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्रालय गण्डकी प्रदेशको ४० लाख र पोखरा महानगरपालिकाको १५ लाखको आर्थिक सहयोगमा पत्रकार महासंघ कास्कीको पत्रकार पुस्तकालय (ई—लाइब्रेरी) र स्रोत केन्द्रको स्थापना गरिएको उनले जानकारी गराइन् । पोखराको पठन संस्कारमा पत्रकार महासंघ कास्कीमा स्थापना गरिएको पुस्तकालयले सबैलाई फाइदा मिल्ने विश्वास उनको छ ।
पुस्तकालयमा मार्टिन चौतारी, अनौपचारिक सेवा केन्द्र (ईन्सेक), प्रेस काउन्सिल नेपाल, केन्द्रीय पुस्तकालय त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय तथा आवासिय विद्यालय एसोसियसन नेपाल (एनव्याब्सन) लगायतले पुस्तक सहयोग गरेका छन् ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

