नेपाल मगर संघको राष्ट्रिय सम्मेलन सुरु

गोरखा | जेठ १२, २०८१

नेपाल मगर संघको राष्ट्रिय सम्मेलन सुरु

गोरखा:     नेपाल मगर संघको २८औं राष्ट्रिय सम्मेलन गोरखामा सुरु भएको छ । सम्मेलनको एक समारोहबीच गोरखा संग्रहालय परिसरमा शनिबार उद्घाटन गरिएको हो ।


प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरले सम्मेलनको उद्घाटन गरेकी हुन् । दुई दिनसम्म चल्ने सम्मेलनमा सातै प्रदेश, ७७ वटै जिल्ला, ८ वटा भातृ संगठन र १५ भन्दाबढी वैदेशिक शाखाका प्रतिनिधिहरु सहभागी छन् ।


सम्मेलनमा देशको सांस्कृतिक नीति, मगरात क्षेत्र विस्तार, प्रथम शहीद लखन थापालाई राष्ट्रिय विभूति घोषणाको मागलगायतका विषयमा छलफल हुनेछ ।


गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मगर भाषालाई सरकारी कामकाजको भाषाको रुपमा लागू गर्ने विषयलाई पनि छलफल गरिने संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगरले बताए ।


सम्मेलनको उद्घाटनपूर्व झाकी र्‍याली निकालिएको थियो । हरमटारी खेलमैदानबाट सुरु भएको र्‍याली बिसौनी, बसपार्क, पदेली ठुलोआँगन हुदैं कार्यक्रम स्थल (गोरखा संग्रहालय परिसर) पुगेको हो । साँझ सांस्कृतिक कार्यक्रमहरु हुने बताइएको छ ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्