पत्रकार विरही र सिग्देल पुरस्कृत
पाेखरा | जेठ १३, २०८१
PHOTO: POKHARACITY
पोखरा: नेपाल पत्रकार महासंघ कास्कीले महासंघका पूर्व केन्द्रीय अध्यक्ष हरिहर विरहीलाई १ लाख ११ हजार राशिको ‘कृति स्मृति पत्रकारिता वृत्ति सम्मान’ प्रदान गरेको छ ।
महासंघ कास्कीको शनिबार १७ औं साधारणसभा तथा १२ औं अधिवेशनमा उनलाई प्रथम राष्ट्रपति डा. रामवरण यादवले सम्मान गरेका हुन् ।
विरही ४४ वर्षदेखि पत्रकारितामा छन् ।
पूर्व सांसदसमेत रहेका पोखराका वरिष्ठ उद्योगपति एवं समाजसेवी सूर्यबहादुर केसी परिवारबाट सूर्यप्रेम ट्रस्ट स्थापना गरी कृति स्मृति पत्रकारिता वृत्तिका लागि अक्षयकोष स्थापना गरिएमा महासंघ कास्कीले पुरस्कार सञ्चालन गर्दै आएको छ ।
सो अवसरमा पत्रकार श्रीराम सिग्देललाई ‘आर्थिक पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत भए । पुरस्कार राशि २० हजार र सम्मानपत्र उनलाई प्रदान गरियो । चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष सिग्देल महासंघका सहसचिवसमेत हुन् ।
सो अवसरमा शिरोमणि बराल, सुरेन्द्र थापामगर, ज्यो.डा. बलराम उपाध्याय रेग्मी र विश्वप्रकाश लामिछानेलाई दीर्घ पत्रकारिता सम्मान प्रदान गरे ।
विमला भण्डारी नेतृत्वको ३ वर्षे कार्यकालमा उत्कृष्ट कार्यसमिति सदस्यबाट सन्तोष बस्याल नगद १० हजारसहित सम्मानित भए ।
पूर्व राष्ट्रपति डा. यादवले संविधान र लोकतन्त्र बचाउने जिम्मा मिडियाको भएको उल्लेख गरे । उनले मिडिया राजनीति माथी उठेर काम गर्नुपर्ने बताएका थिए ।
अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) ले...
म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ। वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्यो। दोस्रो हाफको सुरुवाती चार म...
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...

