चितवनमा चारवटा सवारीसाधन एकैठाउँमा ठोक्किँदा एकजनाको मृत्यु, २३ जना घाइते
चितवन | जेठ १४, २०८१
चितवन: चितवन भरतपुर महानगरपलिका वडा नं. २९ को नारायणगढ(मुग्लिङ सडक खण्डको सत्र किलो भन्ने स्थानमा चारवटा सवारी साधन एकैठाउँमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
गएराती भएको सो दुर्घटनामा २३ जना घाइते भएका छन् भने घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको हाम्रा चितवन सम्वाददाता राजेन्द्र आचार्यले जनाएका छन् ।
काठमाण्डौबाट प्युठानतर्फ आउँदै गरेको बा ४ ख ९०८६ नं. को बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नं. को ट्रक, काठमाण्डौबाट महोत्तरी बर्दिवासतर्फ आउँदै गरेको ना ७ ख ३२४८ नं.को बस र बिरगंञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नं.को बस एकै ठाउँमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा चार वटै सवारी साधनका चालकसहित २३ जना घाईते भएको र उनिहरुको हालसम्म नाम थर र वतन खुल्न सकेको छैन । घाईतेहरुमध्ये नाम थर वतन नखुलेका अन्दाजी १६÷१७ वर्षका युवकको भरतपुर अस्पतालमा उपचारका मृत्यु भएको हो ।
घाइतेहरुको इच्छाकामना आधारभुत अस्पताल कुरिन्टारमा १८ जनाको र चारजनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

