मर्दीखोलामा पौडी खेल्न गएका शिवको डुबेर मृत्यु

पाेखरा | जेठ १४, २०८१

मर्दीखोलामा पौडी खेल्न गएका शिवको डुबेर मृत्यु सांकेतिक तस्वीर

पोखरा:  मर्दी खोलामा पौडी खेल्न गएका शिव थापा मगरको डुबेर मृत्यु भएको छ। आइतबार दिउँसो मर्दी खोलामा पौडी खेल्ने क्रममा थापामगरको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


कास्कीको माछापूच्छ«े गाउँपालिका–५ रिभानस्थित आनन्द ठाँटी बस्ने ४९ वर्षीय थापामगरको शान्तिघाट नजिक मर्दी खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । 


पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएका थापामगरको शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा ल्याइएको कास्की प्रहरीले जनाएको छ । 
 

अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ।   संघीय उड्डयन प्रशासन (एफएए) ले...

थप पढ्नुहोस्

म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ।   वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्‍यो।   दोस्रो हाफको सुरुवाती चार म...

थप पढ्नुहोस्

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्