अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने तीन वटा टिप्पर एक्यापको नियन्त्रणमा

पाेखरा | जेठ १४, २०८१

अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने तीन वटा टिप्पर एक्यापको नियन्त्रणमा

पोखरा;    अन्नपूर्ण संरक्षण क्षेत्र भित्रबाट अवैध रुपमा नदीजन्य  पदार्थ चोरी निकासी गरेको आरोपमा प्रहरीले तीन वटा टिप्पर नियन्त्रणमा लिएको छ । 


अवैध रुपमा संरक्षण क्षेत्रबाट ढुङ्गा, गिट्टी र बालुवा लोड गरी पोखरा महानगर–१९ तितेपानी, भुर्जुङखोलाबाट पोखरातर्फ आउँदै गरेको तीन वटा टिप्पर प्रहरीले आज नियन्त्रणमा लिएको हो । 


कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित अन्नपूर्ण संरक्षण क्षेत्रबाट अवैध रुपमा नदीजन्य पदार्थ लोड गरी पोखरा आउँदै गरेको ग १ क ५०४०, ग १ क ५५१२ र ग १ क ५५९८ नम्बरको टिप्पर नियन्त्रणमा लिएर अनुसन्धानका लागि अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)को कार्यालय हरियाखर्कमा बुझाएको कास्की प्रहरीले जनाएको छ । 

लेखनाथ:    महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ ।   शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...

थप पढ्नुहोस्

पोखरा:   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...

थप पढ्नुहोस्

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

थप पढ्नुहोस्