सुपर ओभरमा ओमानलाई हराउँदै नामिबिया विजयी
काठमाडाैं | जेठ २१, २०८१
काठमाडौं: नामिबियाले आईसीसी टी–२० विश्वकप–२०२४ मा ओमानलाई सुपर ओभरमा हराउँदै विजयी सुरुवात गरेको छ ।
समूह बी को पहिलो खेलमा नामिबियाले ओमानलाई हराउँदै अंक तालिकामा दुई महत्वपूर्ण अंक जोडेको छ ।
सुपर ओभरमा खेल जित्न ओमानले २२ रन बनाउनु पर्नेमा ओमान १ विकेट गुमाउँदै १० रनमा समेटिएपछि खेल नामिवियाले जितेको हो । यस अघि ओमानले दिएको १ सय १० रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले २० ओभरमा ६ विकेट गुमाउँदै १०९ रन बनाएपछि खेल सुपर ओभरमा गएको हो ।
मेहरन खानको उत्कृष्ट बलिङपछि ओमानले टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नामिबियाविरुद्ध बराबरी गरेको थियो ।।
लेखनाथ: महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ । शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

