विपद् व्यवस्थापन गर्ने नयाँ सिडियोको योजना
प्रशासनको भीड व्यवस्थापन गर्न टोकन
कास्की | जेठ २२, २०८१
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीको प्रमुखमा सरुवा भएर आएका भरतमणी पाण्डेले मनसुन भित्रिन लागेकाले विपद् व्यवस्थापन गर्ने योजना रहेको बताएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणबाट जिल्ला प्रशासन कार्यालय कास्कीको प्रमुखमा सरुवा भएर आएका पाण्डेले आज पत्रकारहरुसमक्ष अभिव्यक्ति दिदैं आफ्नो योजना सुनाएका हुन् ।
उनले सेवाग्राहीलाई दैनिक सेवा प्रवाहसँगै मुनसुन भित्रिने क्रममा रहेकाले विपद व्यवस्थापनलाई मुख्य प्राथमिकता राखेको बताए ।
‘कार्यालयबाट नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्नु हाम्रो कर्तव्य नै हो । नागरिकले गुनासो नगर्ने गरी सेवा प्रवाहलाई ध्यान दिन्छु । अहिले राष्ट्रिय परिचयपत्रको लागि भीडभाड देखें, सिडियो पाण्डेले भने, ‘भीड व्यवस्थापन गर्ने र नागरिकको सेवालाई सहज तरिकाले उपलबध गर्ने हाम्रो आधारभूत कर्तव्य हो । यो गरिहाल्छौं र योसँगै मनसुन सुरु हुन लागेकाले विपद व्यवस्थापनालाई प्राथमिकतामा राखेको छु ।’
उनले राष्ट्रिय परिचय पत्रका लागि प्रशासन कार्यालयमा भीड बढेकाले टोकन प्रदान गरेर व्यवस्थापन गर्ने सुनाए ।
‘अहिले राष्ट्रिय परिचय पत्रको लागि भनेरै बृद्धाहरु यहाँ आएको देखे । तत्कालै कार्ड नै चाहिदैंन । परिचय पत्रको नम्बर मात्रै भएपनि हुन्छ, उनले भने, ‘यो भीड व्यवस्थापन गर्न हामीले टोकन सिस्टमलाई लागु गर्न लागेका छौं । अब छिटै व्यवस्थित हुन्छ ।’
उनले प्राकृतिक प्रकोपलाई रोक्न नसकेपनि विपदबाट कम क्षति हुन नदिन प्रशासनको योजना रहेको बताए ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न ११ औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिलाई बसोबासको व्यवस्था गरेको छ । सम्पर्क समन्वय कमिटीले बस्न र खाना समस्या हुने प्रतिनिधिलाई नेता तथा क...
काठमाडौं: नागढुंगा–नौबिसे–मलेखु सडकखण्ड यही मंसिर २४ गतेदेखि आंशिक बन्द हुने भएको छ । उक्त सडक खण्डमा कालोपत्र गरी स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले आंशिक रूपमा सडक बन्द गर्न लागिएको हो । ...
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा घोटाला गरेको आरोपमा पाँच जना पूर्वमन्त्री सहित ५५ जना विरुद्ध भष्ट्राचारको मुद्दा दायर गरेको छ । आयोगले आज विशेष अ...

