संखुवासभा कार्की हत्याकाण्ड: रणबहादुर, हस्तबहादुर, लोकबहादुर र खड्गलाई आजीवन कारावासको फैसला
संखुवासभा | असार २१, २०७९
काठमाडौं: संखुवासभाको मादी नगरपालिकामा भएको कार्की परिवार हत्या प्रकरणमा संलग्न दोषीलाई आजीवन कारावासको फैसला भएको छ।
संखुवासभा जिल्ला अदालतले सोमबार मादी नगरपालिका–१ स्थित उम्लिङको खोलागाउँमा एकै परिवारको ६ सदस्यको हत्या प्रकरणमा ४ जनालाई आजीवन कारावासको सजाय भएको फैसला गरेको हो।
अदालतका वैतानिक वकिल भवानी आचार्यका अनुसार सोमबार अदालतका न्यायाधीश शान्तिप्रसाद आचार्यको एकल इजलासले हत्या प्रकरणमा जोडिएका ४ जनालाई आजीवन कारावासको सजाय भएको हो।त्यसैगरी, हत्यामा संलग्न भएका १७ वर्षीय नरेश कार्कीलाई भने २५ वर्षको दुईतिहाइ कारावासको फैसला भएको उनले जानकारी दिए।
वकिल आचार्यका अनुसार नाबालक कार्कीले १६ वर्ष केही महिना कारावास बस्नुपर्ने हुन्छ।
यससँगै दोषी ठहर गरिएका ४ जनाले भने प्रतिव्यक्ति २ लाख रुपैयाँ क्षतिपूर्ति बुझाउनुपर्ने अदालतले आदेश गरेको छ। गत वर्ष भदौ २१ गते बिहानीपख उम्लिङमा तेजबहादुर कार्कीसहित, आमा पार्वती कार्की, श्रीमती कमला कार्की, बुहारी रञ्जना कार्की, नाती विपीन कार्की र नातिनी गोमा कार्कीको हत्या भएको थियो।
सो हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय संखुवासभा प्रहरीले असोज ५ गते हत्यामा संलग्न रहेका मुख्य योजनाकार ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका छोराद्वय २७ वर्षीय लोकबहादुर र १७ वर्षीय छोरा नरेश कार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको थियो।
अदालतले पक्राउ परेका खड्ग, हस्तबहादुर, रणबहादुर र लोकबहादुरलाई आजीवन कारावासको सजायको फैसला गरेको हो।
मतृक तेजबहादुर र हत्या आरोपी खड्गबहादुर कार्की भने परिवारभित्रका तेह्र दिने दाजुभाइ हुन्। पक्राउ परेपछि उनीहरूले आपसी रिस, गालीगलौज, अपशब्द, असमान व्यवहारका कारण तेजबहादुरको हत्या गरिएको प्रहरीसामु बयान दिएका थिए।घटना भएपछि १ नम्बर प्रदेश प्रहरीका तत्कालीन प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण बिसी घटनास्थलमा पुगेर अनुसन्धानमा जुटेका थिए।
पोखरा: कास्कीको सराङकोटमा स्थापना भएको ५१ फिट अग्लो पन्चमुखि गणेशको पुजा आराधनाको लागि केवलकारबाट आउन जान नेपाली तथा भारतीय पर्यटकहरुलाई साविक भाडा दरमा ५० प्रतिशत छुट कायम गरिएको छ । बु...
तनहुँः देवघाट गाउँपालिका-५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् । उनीसँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अ...
पर्सा: वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । ...