तनहुँको व्यास नगरपालिकाको मतगणना विवाद सर्वोच्च अदालत पुग्यो

काठमाडाैं | जेठ २४, २०८१

तनहुँको व्यास नगरपालिकाको मतगणना विवाद सर्वोच्च अदालत पुग्यो

तनहुँ:    तनहुँको व्यास नगरपालिकाको मत गणनासम्बन्धी विवाद सर्वोच्च अदालतमा पुगेको छ । 


उच्च अदालत, पोखराले पुनः मतगणनाको आदेश दिएपछि हालका नगर प्रमुख वैकुण्ठ न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका हुन् । उनले बिहीबार दायर गरेको रिटको पेसी आइतबारका लागि तोकिएको छ।


 सर्वोच्चबाट अन्तिम निर्णय नभएसम्म उच्चको आदेशअनुसार  पुनः मतगणना गरिए आफूलाई अपूरणीय क्षति हुने  भन्दै उनले पहिलो सुनुवाइमै अन्तरिम आदेश दिनुपर्ने माग उनले गरेका छन्।


गत जेठ १ गते उच्च अदालतका न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले व्यास नगरपालिकामा पुनस्मतगणना हुने फैसला थियो।


निर्वाचन आयोगबाट सम्पूर्ण कागजपत्र मगाएर ती कागजपत्र अध्ययन गर्दा निर्वाचनमा खसेको मत र बदर मत जम्मा मतसँग नमिलेको फैसलामा उल्लेख छ। 


जसअनुसार अदालतले असार २ गते बिहान १० बजेदेखि पुनः मतगणना गर्न भन्दै तिथि मिति  नै तोकिदिएको थियो।


२०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित दीपकराज जोशीले धाँधली भएकाले पुनः मतगणनाको माग गर्दै उच्च अदालत पोखरामा मुद्दा दर्ता गराएका थिए। मुद्दा दर्ता भएको दुई वर्षमा मात्रै उच्च अदालतले यस्तो फैसला गरेको थियो । 

काठमाडौं:  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । ७८ लाख घुस प्रकरणमा मुछिए पछि उहाँले मंगलबार राजीनामा दिनुभएको हो । केही दिनअघि भूमि ...

थप पढ्नुहोस्

पोखरा:   गण्डकी प्रदेश भलिबल संघले साउन ४ देखि ८ गतेसम्म हुने राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउन सञ्जु विक्रम शाहको कप्तानीमा १२ सदस्यीय टोली घोषणा  गरेको छ  ।  ...

थप पढ्नुहोस्

दाङ:  दाङमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको ज्यान गएको छ ।  बबइ गाँउपालिका ५ पुरन्धारा छहरा नजिक बबइ नदीमा पौडीखेल्ने क्रममा सोमबार दिउँसो बेपत्ता भएका दुई युवकको शब फेला परेको जिल्ला प्र...

थप पढ्नुहोस्