यू–१५ विद्यालय खेलकुद प्रतियोगिता: गण्डकी प्रदेशस्तरीय छनौट सकियाे
पाेखरा | जेठ २५, २०८१
पोखरा: यू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशस्तरीय छनौट प्रतियोगिता पोखरामा सम्पन्न भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा सम्पन्न प्रतियोगितामा विभिन्न खेलका ७६ जना खेलाडीहरु छनौट भएका हुन् ।
राष्ट्रियस्तरको यू–१५ विद्यालय खेलकुद प्रतियोगिता यहि जेठ ३० र ३१ गते पोखरामा आयोजना हुँदैछ ।
एथलेटिक्सतर्फ १०० मि, २०० मि, ४०० मि, ८०० मिटर दौड, सटपुट, लङ्गजम्प, र रिले दौडका लागि ६ छात्र र ६ जना छात्रा गरी १२ खेलाडी छनौट भएका छन् ।
छनौट भएका एथलेटिक्स खेलाडीहरुमा राज गुरुङ (लमजुङ), स्पिन पौडेल (पर्वत), गणेश श्रेष्ठ (पर्वत), अभिशेष थनेट (नवलपुर), अंकित रानाभाट (तनहुँ) र सुशन बोटे (नवलपुर) रहेका छन् ।
त्यसै गरी छात्रातर्फ कन्चन भण्डारी (म्याग्दी), सुजाता कुमाल कास्की, जुना सरु मगर (स्याङजा), अञ्जली अधिकारी (कास्की), अनुस्का अधिकारी (कास्की) र आरती बिक (नवलपुर) रहेका छन् ।
बास्केटबल छात्र/छात्रा
राष्ट्रिय यू–१५ विद्यालयस्तरीय प्रतियोगिताका लागि छात्रतर्फ १० र छात्रातर्फ १० गरी २० खेलाडी छनौट भएका छन् ।
छनौट भएका छात्रतर्फ हिराजङ घले, अविनाश पुर्जा, सुयोग बाँनिया, रिदम खाँड, प्रशान्त तिमिल्सिना, शौभाग्य पुन, विजन घले, आशिष पुन, सज्जन तिलिजा र लेनिश मल्ल रहेका छन् ।
त्यसै गरी छात्रातर्फ सरगम केसी, जेनिशा पाण्डे, जेनियम श्रेष्ठ, आवृती बराल, क्यारोल श्रेष्ठ, इशिता श्रेष्ठ, आकृती गुरुङ, रिमा सिञ्जाली मगर, स्नेहा श्रेष्ठ र एलिशा गुरुङ रहेका छन् ।
ब्याडमिन्टन छात्र/छात्रा
प्रतियोगिता अन्तर्गत नै भएको ब्याडमिन्टन छात्र÷छात्रातर्फ ४–४ जना गरी कुल ८ खेलाडी छनौट भएका छन् ।
छात्र व्यामिन्टनतर्फ सफल श्रेष्ठ (तनहुँ), अमृत थापा (कास्की), गेजराज कार्की (कास्की) र नेल्सन गुरुङ (तनहुँ) रहेका छन् भने बैकल्पिक खेलाडीमा सक्षम गुरुङ (लमजुङ) रहेका छन् ।
त्यसै गरी छात्रातर्फ दिलाशा राना (तनहुँ), शेरेन प्रधानाङ्ग (कास्की), खुसी दाहाल (कास्की), समृद्धि श्रेष्ठ (गोरखा) र बैकल्पिक खेलाडीमा प्रतिक्षा शर्मा (कास्की) रहेका छन् ।
बुद्धिचाल छात्र/छात्रा
राष्ट्रिय यू–१५ विद्यालयस्तरीय प्रतियोगिताका लागि छात्रतर्फ ४ र छात्रातर्फ ४ गरी कुल ८ खेलाडी छनौट भएका छन् ।
छनौट भएका खेलाडी छात्रतर्फ विद्यान श्रेष्ठ (स्याङजा), सवृश श्रेष्ठ (तनहुँ), खुसीराज सिउथाना (कास्की) र कुशल रम्तेल (गोरखा) रहेका छन् भने छात्रातर्फ खसी आचार्य (कास्की), उज्विनी कँडेल (नवलपुर), आयूषा क्षेत्री (स्याङजा) र विनिता गुरुङ (कास्की) रहेका छन् ।
सम्पन्न विभिन्न प्रतियोगिताका बिजेता खेलाडीहरुलाई परिषदका सदस्य सचिव श्रीधर शर्मा, कार्यकारी सदस्य दिल बहादुर गुरुङ, कार्यकारी सदस्य ऋषीराम गौतम, परिषदका सदस्य केशव पाठक, विनय थापालगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
प्रतियोगिता सम्पन्न गर्न परिषदले विभिन्न ६ खेलका खेल संघहरुलाई व्यवस्थापनको जिम्मेवारी दिएको थियो ।
छनौट खेलमा ४ सय १६ खेलाडी र टिम प्रशिक्षक हरु गरी ४ सय ८७ जनाको सहभागिता रहेको थियो ।
पहिलो पटक आयोजना हुन लागेको विद्यालय यू–१५ प्रतियोगिताको उद्घाटन जेठ ३० गते हुनेछ । प्रतियोगिता अन्तर्गत हुने सबै खेलहरु पोखरा रंगशाला परिशरमा नै सञ्चालन हुनेछन् । यू–१५ विद्यालय प्रतियोगितामा सात प्रदेशका विभिन्न ६ खेलका खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी ६ सय ३० जनाको सहभागिता हुनेछ ।
पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सवको चौथों दिन सोमबारसम्म त्यहाँ १३ लाख बढीको आलु कारोबार भएको छ । महोत्सव मध्येतिर आउँदा त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ । शनिबार र आइतबार सार्वजनिक ...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आउजाउ गर्न असुविधा भएपछि पोखरा महानगरले यो क्षेत्रमा नि:शुल्क विद्युतीय बस चलाउने भएको छ । पृथ्वी राजमार्गबाट करिब दुई किलोमिटरभित्र रहेको विमानस्थलबाट बाहिरिने...
राष्ट्रिय हेमजा आलु महोत्सवको तेस्रो दिन आइतबारसम्मका रु.५० लाख बढीको कारोवार भएको छ । महोत्सव मध्येतिर आउदाँ त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ।शनिबार र आइतबार सार्वजनिक...

