बालाजुमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु
काठमाडाैं | असार २१, २०७९
काठमाडौँ: काठमाडौँको बालाजुमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१६ बालाजु पुल नजिक सडकमा बागमती प्रदेश ०२–०२३ प ३७७५ नं को मोटरसाइकल अनियन्त्रित भई खोलाको नजिक ठोकिँदा काठमाडौँ लोलाङका २२ वर्षीय सविन परियारको आज बिहान मृत्यु भएको हो ।
दुर्घटनामा परी सख्त घाइते हुनुभएका परियारको उपचारका क्रममा नयाँ बजारस्थित पिपुल्स अस्पतालमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सोही दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनाको भने सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

