चोरीमा संलग्नलाई अनुसन्धान गर्न नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको माग

चितवन | असार ३, २०८१

चोरीमा संलग्नलाई अनुसन्धान गर्न नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको माग

चितवन:​  नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले पूर्वी चितवनको कालिका नगरपालिका वडा नम्बर ६ स्थित विनोद सुनचाँदी पसलमा चोरी भएको घटनाबारे अनुसन्धान गर्न माग गरेको छ ।

 

गत शनिबार करिब बेलुका ८ बजे सुनचाँदी पसलमा मुखमा माक्स लगाएका व्यक्तिहरु प्रवेश गरि हात हतियार देखाई पसलमा डिस्प्ले गरेका सम्पूर्ण गरगहनाहरु उठाएर लगेकाले आवश्यक अनुसन्धान गर्न गृह मन्त्रालय तथा मातहतका प्रहरी कार्यालयलाई महासंघले माग गरेको हो ।
 

औपचारिक रुपमै गृहमन्त्रालय, नेपाल प्रहरीको केन्द्रीय कार्यालय, जिल्ला प्रहरी कार्यालय चितवनलाई पत्र पठाइसकेको  नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले जनाएको छ ।

 

आपराधिक मनासयसहित चोरी गरेको घटनाप्रति महासंघले विज्ञप्ती जारी गर्दै दुख व्यक्त गरेको छ । साथै महासंघले प्रहरी समक्ष​ यथाशिघ्र घटनामा संलग्नलाई खोजी गरी कारवाहीकाे दायरामा ल्याउन र चोरीका धनमाल फिर्ता गर्न माग गरेको छ ।

'स्थानीय व्यस्त पूर्वी चितवनको खोलेसिमल बजारमा रहको पसलमा त्यति ठूलो आपराधिक घटना हुँदासमेत सुरक्षा संयन्त्रले थाहा नपाउनु र घटना भएको आज तीन दिनसम्म पनि अपराधी पत्ता लाग्न नसक्नुले थप अन्योल र आशंका उत्पन्न भएको छ । साथै यसबाट सुरक्षा संयन्त्र एवं अनुसन्धान निकायको प्रभावकारिता माथि नै चुनौति खडा भएको महशुस गरिएको छ, विज्ञप्तीमा भनिएको छ,  'तसर्थ अनुसन्धान कार्यलाई थप प्रभावकारी रुपमा तीव्रता दिई छिटो भन्दा छिटो उक्त घटनाको अपराधी पत्ता लगाई कानूनको दायरामा ल्याउन र पीडितको चोरी भएको धनमाल दिलाई भराई न्याय पाउने व्यवस्थाका लागि अविलम्व आवश्यक पहल हुन सम्बन्धित निकायसंग महासंघ जोडदार माग गर्दछ ।’

                

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्