हेमजा भेट्रान्स कप: पोखरा १३ र १७ विजयी
कास्की | असार ४, २०८१
पोखरा: हेमजामा जारी भेट्रान्स कप फुटबल प्रतियोगितामा पोखरा महानगरपालिका १७ र १३ विजयी भएको छ ।
सोमबार भएको पहिलो खेलमा पोखरा १७ ले ११ लाई २–० गोल अन्तरले पराजित गर्दे विजयी बन्यो ।
खेलको ४० औ मिनेट किसन गौचनले र ६२ औ मिनेटमा बेद बहादुर थापाले समान १ गोल गरे ।
त्यस्तै अर्को खेलमा पोखरा १३ ले वडा ४ लाई ९–१ को फराकिलो गोल अन्तरले पराजित गर्दे अघिल्लो चरणमा प्रवेश गर्याे ।
खेलको दोस्रो मिनेटमा नै पोखरा १३ का सुरेन्द्र गुरुङले गोल गरे ।
यस्तै टीमका राज कुमार गुरुङले २, राजेश गुरुङ, विजय कुमार श्रेष्ठ, धनराज तमाङ, दर्शन श्रेष्ठ, भक्त गुरुङ र अम्बर बहादुर गुरुङले पनि समान १ गोल गरे ।
यता पोखरा ४ का द्रव्यजंग राणाले सान्त्वना १ गोल फर्काएका थिए ।
हेमजा युनाइटेडको आयोजना तथा पोखरा महानगरपालिकाको संरक्षणमा पोखराको हेमजामा शनिबारदेखि सुरु भएको अन्तर वडास्तरीय हेमजा भेट्रान्स कप २०८१ असार ७ गते सम्म संचालन हुनेछ ।
प्रतियोगितामा प्रथम हुने टीमले नगद रु १ लाख ११ हजार ११ र द्धितिय हुने टीमले नगद रु ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई नगद ५ हजार र अन्य विधागततर्फ पनि नगदसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
काठमाडौं: बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान प्रक्रिया सम्पन्न भएको छ । कुल २२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित हुँदा २२२७ मत खसेको छ । निर्वाचन आयोगक...
काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...
पोखरा: दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् । रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहि...

