हेमजा भेट्रान्स कप: पोखरा १३ र १७ विजयी
कास्की | असार ४, २०८१
पोखरा: हेमजामा जारी भेट्रान्स कप फुटबल प्रतियोगितामा पोखरा महानगरपालिका १७ र १३ विजयी भएको छ ।
सोमबार भएको पहिलो खेलमा पोखरा १७ ले ११ लाई २–० गोल अन्तरले पराजित गर्दे विजयी बन्यो ।
खेलको ४० औ मिनेट किसन गौचनले र ६२ औ मिनेटमा बेद बहादुर थापाले समान १ गोल गरे ।
त्यस्तै अर्को खेलमा पोखरा १३ ले वडा ४ लाई ९–१ को फराकिलो गोल अन्तरले पराजित गर्दे अघिल्लो चरणमा प्रवेश गर्याे ।
खेलको दोस्रो मिनेटमा नै पोखरा १३ का सुरेन्द्र गुरुङले गोल गरे ।
यस्तै टीमका राज कुमार गुरुङले २, राजेश गुरुङ, विजय कुमार श्रेष्ठ, धनराज तमाङ, दर्शन श्रेष्ठ, भक्त गुरुङ र अम्बर बहादुर गुरुङले पनि समान १ गोल गरे ।
यता पोखरा ४ का द्रव्यजंग राणाले सान्त्वना १ गोल फर्काएका थिए ।
हेमजा युनाइटेडको आयोजना तथा पोखरा महानगरपालिकाको संरक्षणमा पोखराको हेमजामा शनिबारदेखि सुरु भएको अन्तर वडास्तरीय हेमजा भेट्रान्स कप २०८१ असार ७ गते सम्म संचालन हुनेछ ।
प्रतियोगितामा प्रथम हुने टीमले नगद रु १ लाख ११ हजार ११ र द्धितिय हुने टीमले नगद रु ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई नगद ५ हजार र अन्य विधागततर्फ पनि नगदसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

