राष्ट्रपति पौडेल स्वदेश आइपुगे
काठमाडाैं | असार ५, २०८१
काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्ड र जर्मनीको भ्रमण सकेर आज बुधबार स्वदेश आइपुगेका छन् ।
राष्ट्रपति पौडेल जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै आज स्वदेश फर्किएका हुन् ।
स्विट्जरल्यान्ड र जर्मनी भ्रमणका लागि जेठ २९ गते त्यसतर्फ प्रस्थान गरेका राष्ट्रपति नौ दिन लामो भ्रमण सकेर स्वदेश फर्किएका हुन् ।
राष्ट्रपति त्रिभुवन विमानस्थलमा ओर्लँदा प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरू, सभामुख,राष्ट्रिय सभाका अध्यक्ष लगायतले स्वागत गरेका छन् ।
यसअघि सोमबार राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्र्याङ्क वाल्टर स्टाइनमायरबिच जर्मनीको वर्लिनमा प्रतिनिधिमण्डल स्तरीय भेटवार्ता भएको थियो ।
सो अवसरमा दुई देश बिचको सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको जनाइएको छ । दुई पक्षीय भेटवार्ताअघि राष्ट्रपति पौडेललाई जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको थियो ।
पोखराः रेवान पोखराको आयोजनामा आगामी पुष १३ देखि हुन लागेको २७ औं पोखरा सडक महोत्सवमा सुरक्षा व्यवस्थापन चुस्त पार्न आयोजकले कास्कीस्थित विभिन्न सुरक्षा निकायका प्रमुखहरुसंग अन्र्तक्रियात्मक छलफल कार्यक्रम गर...
पोखरा: पोखरा प्रदर्शनी केन्द्रमा विद्यार्थीका प्रतिभा हेर्नेको भिड लागेको छ । नेसनल प्याब्सन, कास्कीले बुधबार देखि आयोजना गरेको दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव हेर्नका लागि विद्यार्थी तथा अभिभावहरुको ...
पोखरा: १४ औं संस्करणको पोखरा महोत्सवको प्रचार प्रसार सुरु भएको छ । आन्तरिक पर्यटनको पर्वद्धन संगै नयाँ पर्यटकीय गन्तब्यको पहिचान र प्रवद्र्धन गर्दै आइरहेको माइलस्टोन्स इन्फिल्डर्सको टोली मार्फत महोत्स...

