निर्माणकार्य सुस्ताएपछि लेखनाथबासी आन्दोलित: शनिबार सडकमै रोपाई गर्ने तयारी

कास्की | असार ५, २०८१

निर्माणकार्य सुस्ताएपछि लेखनाथबासी आन्दोलित: शनिबार सडकमै रोपाई गर्ने तयारी

लेखनाथ:   पोखरा महानगरपालिका वडा नम्बर २७, ३० र ३१ मा पर्ने तालचोक-बेगनास सडकखण्डको निर्माण कार्य सुस्ताएपछि स्थानीय आन्दोलित बनेका छन् ।

 

आगामी चैत मसान्तसम्म निर्माणकार्य सकिनेगरी सम्झौता गरिएपनि निर्माण कम्पनीले चाँसो नदेखाएपछि सो क्षेत्रका स्थानीयहरु आन्दोलिन बनेका हुन् ।

 

स्थानीय बासिन्दाहरुले आगामी शनिबार बिहान ८ बजे (८ गते) विरोध प्रदर्शन गर्दै सडकमै (तालचोकस्थित एनआइसी बैंक अगाडि) रोपाईजात्रा गर्ने तयारी रहेको संयोजक सन्दीप पौडेलले जानकारी दिए ।

 

उनका अनुसार घाम लाग्दा धुलाम्मे र वर्षातको समयमा हिलाम्मे भएपछि स्थानीयले सास्ती खेप्दै आउनुपरेको छ ।

 

संयोजक पौडेलले सडक निर्माणका लागि वल्र्ड बैंकको बजेटमा महानगरले स्वछन्द निर्माण कम्पनीलाई ७८ करोडमा सम्झौता गरेको जानकारी दिए । 

 

यद्यपी अहिले निर्माणको कामले तिब्रता पाएको छैन ।

 

‘अहिले ७/८ जनाले मात्रै काम गरेका छन्, बर्षातको समय छ । बाटो पुरै हिलाम्मे छ । जताततै तालै ताल छ । यसरी त चैत मसान्तमा सकिने छाँट छैन, उनले भने, ‘त्यसैले हामीले विरोध गर्दै रोपाई गर्ने तयारी गरेका हौं ।’

 

विरोध कार्यक्रमका लागि स्थानीय टोल विकास समिति, आमा समूह, क्लब तथा विभिन्न संघ संस्थाहरुले ऐक्यबद्धता जनाएको पौडेलले बताए । 

 

उनले उक्त विरोध कार्यक्रममा मेलमार्फत प्रदेश तथा संघीय सांसदलाई कार्यक्रममा उपस्थितिका लागि पत्र पठाएको जानकारी दिए ।

 

उनका अनुसार गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, संघीय सांसद मन बहादुर गुरुङ र जीवन परियारलाई पत्र पठाइएको छ ।  
 
 

पोखराः   रेवान पोखराको आयोजनामा आगामी पुष १३ देखि हुन लागेको २७ औं पोखरा सडक महोत्सवमा सुरक्षा व्यवस्थापन चुस्त पार्न आयोजकले कास्कीस्थित विभिन्न सुरक्षा निकायका प्रमुखहरुसंग अन्र्तक्रियात्मक छलफल कार्यक्रम गर...

थप पढ्नुहोस्

पोखरा:   पोखरा प्रदर्शनी केन्द्रमा विद्यार्थीका प्रतिभा हेर्नेको भिड लागेको छ । नेसनल प्याब्सन, कास्कीले बुधबार देखि आयोजना गरेको दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव हेर्नका लागि विद्यार्थी तथा अभिभावहरुको ...

थप पढ्नुहोस्

पोखरा:  १४ औं संस्करणको पोखरा महोत्सवको प्रचार प्रसार सुरु भएको छ ।   आन्तरिक पर्यटनको पर्वद्धन संगै नयाँ पर्यटकीय गन्तब्यको पहिचान र प्रवद्र्धन गर्दै आइरहेको माइलस्टोन्स इन्फिल्डर्सको टोली मार्फत महोत्स...

थप पढ्नुहोस्