विन्ध्येश्वरी आदर्शमा विविध शुक्रबारीय कार्यक्रम

पाेखरा | असार ७, २०८१

विन्ध्येश्वरी आदर्शमा विविध शुक्रबारीय कार्यक्रम

पोखरा:   पोखरा महानगरपालिका १ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत बिऊ रोप्ने (जर्मिनेसन) तथा गणित हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । 

 

‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ सञ्चालनमा रहेको विद्यालयमा प्रावि तहमा कक्षा नर्सरीदेखि एकसम्मका सम्पूर्ण विद्यार्थीहरुले शिक्षिकाहरुको साथमा बिऊ रोप्ने कार्य सम्पन्न गरिएको हो ।

 

हिले महिना असारको अवसर पारेर साना बालबालिकाहरुलाई बिऊ रोप्ने र उमार्ने तरीका सिकाउने उद्देश्यले उक्त कार्यक्रम गरिएको प्राध्यानाध्यापक कृष्ण श्रेष्ठले जानकारी दिए ।

 

उनका अनुसार आधारभुत (जुनियर) तर्फ भएको गणित हाजिरीजवाफ प्रतियोगितामा अन्नपूर्ण सदनबाट सिद्धान्त केसीको समूह प्रथम र कञ्चनजङ्घा सदनबाट मुस्कान भण्डारीको समूह द्वितीय भए  ।

 

उनीहरुलाई विद्यालयका सह–प्राचार्य नीलकण्ठ पौडेलले उक्त विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए भने कार्यक्रमको सञ्चालन गणित शिक्षक लिलाबहादुर बिकले गरेका थिए ।


 

अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ।   संघीय उड्डयन प्रशासन (एफएए) ले...

थप पढ्नुहोस्

म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ।   वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्‍यो।   दोस्रो हाफको सुरुवाती चार म...

थप पढ्नुहोस्

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्